नेपाली

तिब्बतको गोङगार जिल्लाको लाल तारा आबास क्षेत्रको परिवर्तन

cri2020-12-14 18:53:58

लाल तारा आबास क्षेत्र तिब्बतको ल्होका क्षेत्रको गोङगार जिल्लामा पर्दछ। ५ वर्षअघि त्यहाँ दर्ता गरिएका गरिब परिवारको संख्या २१ परिवारका ७३ थियो। गरिबी निवारण कार्यक्रमबाट सो गाँउको गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गर्नुका साथै सम्पन्न नमूना गाँउ बनेको छ।

सो आबास क्षेत्र गरिबीबाट सम्पन्नमा परिणत भएको मुख्य कारण औद्योगिक समर्थन हो। सन् २०१६ देखि सरकारले २ करोड चिनियाँ युआनको लगानीमा सो क्षेत्रमा दूग्ध व्यवसायका लागि गाई पालन गर्ने र गाईलाई खुवाइने घाँस रोप्ने लगायत विशेष सामूहिक अर्थतन्त्रको विकास भइरहेको छ। यसै क्रममा ‘पार्टीको शाखा कार्यालयले कम्पनी र गरिब परिवार’ विषयक गरिबी निवारण मोडल संचालनमा ल्याएपछि प्रतिवर्ष लगभग २६०० व्यक्तिका लागि रोजगारी अवसर प्रदान गरिएको छ। जसबाट बाहिर गएर काम गरेका केही किसानहरू घर फर्केर काम गर्न शुरू गरेका छन्। सो क्षेत्रमा चिकित्सा तथा शिक्षा क्षेत्रमा पनि सुधार गरिएको छ।

प्राप्त जानकारी अनुसार, सो क्षेत्रमा बस्ने २२४ परिवारको घरको कूल क्षेत्रफल ९८ हजार ९ सय ७१ वर्गमिटर पुगेको छ जसबाट घर प्रत्याभूतिबाट सबैलाई समेटिएको छ।

हालसम्म सो क्षेत्रमा प्रतिव्यक्ति व्यय १६ हजार चिनियाँ युआन पुगेको चिनियाँ कम्युनिष्ट पार्टी आबास क्षेत्र शाखाका सचिव मिमाले बताउनु भएको छ।

Close
Messenger Pinterest LinkedIn