#अल्पसंख्यक जाति#छिङहाई-तिब्बत रेलवे पर्यावरणीय पर्यटकीय दृश्य -१
भर्खरै अक्टोबर १ तारिख राष्ट्रिय दिवसमा धेरै चिनियाँहरूले रेलद्वारा छिङहाई-तिब्बत पठारभूमिको यात्रा गरेका छन्। चिनियाँ रेलअन्तर्गत छिङहाई-तिब्बत ग्रुपको तथ्याङ्क अनुसार, अक्टोबर १ तारिखदेखि ४ सम्म मात्रै छिङहाई-तिब्बत रेलवेले १४ हजार ९ सय ९६ जना पर्यटकलाई तिब्बत पुर्याएको छ।
चीनका विभिन्न क्षेत्रबाट आएका पर्यटकहरूले छिङहाई प्रान्तीय सिनिङ शहरमा अक्सिजन आपूर्ति डिब्बामा चढेपछि पठारभूमिमा विश्वव्यापी उचाइ सबैभन्दा अग्लो र रेलवेको लम्बाइ सबैभन्दा लामो भएको छिङहाई-तिब्बत रेलवेको यात्रा सुरू गरेका छन्। सिनिङबाट प्रस्थान गर्ने बित्तिकै यात्रुहरूले व्यस्त रूपमा मोबाइलफोनद्वारा फोटो खिचेका छन्। स्थानीय सुन्दर दृश्यले हरेक पर्यटकलाई आकर्षित गरेको छ। मैले आफ्नो आत्मा यहाँ राख्ने विचार गरेको छु। किनकि यहाँ ज्यादै सुन्दर छ। रेलवेमा यात्रुले यस्तो भन्छन्।
वास्तवमा छिङहाई-तिब्बत रेलवे वरिपरि सुन्दर दृश्य स्थानीय अधिकारी तथा बासिन्दाको दिर्घकालीन प्रयाससित सम्बन्धित छ। याङ सी नदीको मुहान सुरक्षा गर्ने राष्ट्रिय नीतिलाई समर्थन दिनका लागि १२८ परिवारका तिब्बती पशुपालकहरूले ४ हजार ७ सय मिटरको ठोठोह क्षेत्रबाट कर्मु शहरीय थाङकुला बस्ति छाङ च्याङ युआन गाउँमा सारेका थिए। उनीहरूले पुस्तौँ-पुस्ता जारी रहेको पशुपालन जीवन छोडेका थिए।
गाउँले कङकानानचेले भने-
सारेको बेलामा मैले तीनपटक घुमेर हेर्थेँ। छोड्न निकै कठिन भएङ्को थियो। तर याङसी नदीको मुहानमा बस्ने पशुपालकको हैसियतमा हामीले पनि राष्ट्रका लागि योगदान दिएका छौँ।
केही वर्षयता छाङ च्याङ युआन गाउँको वातावरण झन् झन् राम्रो हुँदैछ। गाउँमा हरेक परिवारमा एकजना घाँसे मैदान रक्षक पठाइएर हरेक महिनामा घाँसे मैदानको गश्ती गरेका छन्।
गाउँले अर्थात घाँसे मैदानको रक्षक नौपुसाङचौले भने
यी वर्षहरूको परिवर्तनले हामीलाई वास्तविक सुख दिएको छ। अथक प्रयासमा पहिलेभन्दा हाल घाँसे मैदान अझ राम्रो हुनुका साथै वरिपरि जंगली जनावरको संख्या पनि धेरै बढेको छ। जसबाट हेर्दा हाम्रो व्यवस्था तथा सुरक्षा कार्य प्रभावकारी छ। यस्तो सफलताले गौरव लागेर आउँछ।
हाल छिङहाई प्रान्तमा विभिन्न प्रकारका पर्यावरणीय रक्षकको संख्या १ लाख ४० हजारभन्दा बढी भएको छ। स्थानीय सिमसारको क्षेत्रफल चीनको पहिलो स्थानमा परेको छ।
धुन
प्रसिद्ध खखसिलि क्षेत्र पार गरेर याङसी नदीको सुरूवाद अथवा ठोठोह नदी र टाँगुला पहाड पार गरी रेलले दक्षिण तर्फ जाँदा तिब्बत प्रवेश गर्दछ। उतर-तिब्बती व्यापक घाँसे मैदानमा पर्यटकहरूले के के सुन्दर दृश्य हेरेका छन्?