नेपाली

भारी हिमपातपछि तिब्बतको जनजीवन सामान्यतर्फ

CRI2017-03-16 17:54:49

मार्च दश तारिख तिब्बतको सिगाच्छे, आली, शाङनान, नाछ्यु आदि क्षेत्रमा भारी हिमपात भएको थियो। सोबाट सात क्षेत्र र शहरको एक हजार नौ सय उनान्सयवटा संचार स्टेशन अवरुद्ध भएका थिए।

मार्च पन्ध्र तारिखको समाचार अनुसार, स्थानीय संचार, विद्युत आपूर्ति विस्तारै पुनःस्थापित भएका छन्। एक हजार एक सय तीसवटा संचार स्टेशन पुनःसंचालनमा आएका छन्। हिमपातबाट कूनै पनि नागरिकको हताहत भएको छैन। अहिले जनजीवन सामान्य अवस्थामा फर्केको छ।

यसबाहेक विभिन्न क्षेत्र तथा शहरका प्रशासन कार्यालय, पशुपालन, बीमा आदि विभागले पशुपालनको मृत्यु, आवासको क्षति आदि अवस्थाबारे जाँच गरिरहेको र क्षतिपूर्तिको काम भइरहेको समाचारमा उल्लेख छ।

Close
Messenger Pinterest LinkedIn