नेपाली

तिब्बतका लागि सहायता कार्य सुरु

CRI2016-06-21 18:02:30

चीनको राज्य परिषदको प्रवासी मामिला कार्यालय र तिब्बत स्वायत्त प्रदेश सरकारले बीस तारिख ल्हासामा"राष्ट्रिय प्रवासी कार्यको तिब्बत सहायता कार्य सम्झौतामा हस्ताक्षर गरेका छन्। जसबाट राज्य परिषदको प्रवास कार्यालय र तिब्बतलाई सहायता प्रदान गर्ने सत्र प्रान्तका सरकारबीचमा तिब्बत सहायता कार्य संयन्त्र औपचारिक रुपमा सुरु भएको प्रमाणित भएको छ।

यस सम्झौता अनुसार राज्य परिषदको प्रवासी मामिला कार्यालयले प्रवासीद्बारा दान गरिएको पूँजीको प्रयोग गर्दै गरिबी सहायता र नागरिक जीवनको सुधार आदि कार्यक्रम संचालन गर्ने भएको छ।

Close
Messenger Pinterest LinkedIn