नेपाली

तिब्बतको शैक्षिक प्रवर्द्धनका लागि सहयोग

CRI2016-04-12 16:03:12

आज बाह्र तारिख पैचिङ्गमा छ करोड चिनियाँ युआनको लागतमा "बादल विद्यालय"नामक बौद्धिक शिक्षा बादल मञ्च ‌औपचारिक रुपमा सञ्चालनमा आएको छ। तिब्बत स्वायत्त प्रदेशका दुई सय माध्यमिक विद्यालय,प्राथमिक विद्यालय र शिशु कक्षा शिक्षा दिने उद्देश्यले स्थापना भएको सो "बादल विद्यालय" चीनको सुङ्ग झिङ्ग लिङ्ग कोष समिति र तिब्बत विकास कोष समितिद्बारा संयुक्त रुपमा सहायता गरिएको बाल विद्यालय हो।

यस "बादल विद्यालय"मा बौद्धिक विद्यालयको मैत्री व्यवस्थापन प्रणाली,शैक्षिक श्रोत साधनको मैत्री व्यवस्थापन,विभिन्न विद्यालयमा चाहिने शिक्षा सूचना प्रणाली आदि समेटिएका छन्।

तिब्बत विकास कोष समितिका महाप्रबन्धक एवम् एघारौं पन्चेन छोइग्यी ग्याइबोले जानकारी दिनुभएअनुसार आउने दिनहरुमा तिब्बत विकास कोष समितिले विभिन्न क्षेत्रसँगको सहयोगलाई प्रवर्द्धन गर्दै पूँजी जुटाएर तिब्बतको अर्थतन्त्र, सँस्कृति, शिक्षा, स्वास्थ्य, बैज्ञानिक प्रविधि, पर्यावरणीय संरक्षण आदि कार्यका लागि सकारात्मक भूमिका सिर्जना गर्ने छ।

Close
Messenger Pinterest LinkedIn