नेपाली

दुई लाख 63 हजार तिब्बती गरिबीलाई अन्य क्षेत्रमा सारिने

CRI2016-03-21 19:24:34

सन् 2020 सम्म पाँच लाख नब्बे हजार गरिब व्यक्तिको जीवनस्तर उकास्न तिब्बतले आगामी तीन वर्षमा दुई लाख 63 हजार गरिबलाई अन्य क्षेत्रमा स्थानान्तरण गर्ने जनाएको छ।

तिब्बती सरकारको तथ्याङ्क अनुसार, चीनको एक मात्र प्रान्त स्तरीय सन्निहित गरिबी क्षेत्रको रुपमा रहेको तिब्बतमा हाल पाँच लाख नब्बे हजार व्यक्ति गरिब छन् तीमध्ये दुई लाख 63 हजार गरिब व्यक्ति जीवनस्तर सुधार गर्न कठिन हुने क्षेत्रमा बसोबास गर्छन्। ती क्षेत्रको प्राकृतिक अवस्था र पूर्वाधार विकास पछाडि परेको हुनाले उनीहरुलाई अर्को क्षेत्रमा सारेपछि जीवन स्तरमा सुधार हुने र तत्स्थानको पर्यावरणको संरक्षण गर्ने कुरामा सक्रिय भूमिका रहनेछ।

तिबब्त स्वायत्त प्रदेशका उपाध्यक्ष छिमेइ रन्चनका अनुसार, स्थानान्तरण कार्य नै सरकारको नेतृत्वमा रहेर सर्वसाधारणको स्वैच्छिक आधारमा संचालन हुनेछ।

Close
Messenger Pinterest LinkedIn