नेपाली

"स छ्वान- तिब्बत"रेलमार्ग महत्वपूर्ण राष्ट्रिय निर्माण परियोजनामा समावेश

CRI2016-03-16 18:07:51

चीनको तेह्रौं पञ्च वर्षिय योजनाले सछ्वान-तिब्बत रेलमार्गलाई महत्वपूर्ण राष्ट्रिय निर्माण परियोजनामा समावेश गरिएको छ। जसबाट यस रेलमार्गको निर्माण औपचारिक रुपमा कार्य तालिकामा सारेको अभिव्यक्त भएको छ।

छिङ्गहाइ तिब्बत रेलमार्ग निर्माण भएपछि तिब्बततर्फ जाने दोस्रो "आकाशे मार्ग" मानिएको सछ्वान तिब्बत रेलमार्गले सछ्वानको छङ्ग तुदेखि ल्हासासम्मको चालू समयलाई ठूलो परिमाणमा घटाउनेछ। रेलमार्गको कूल लम्बाई एक हजार नौ सय किलोमिटर हुने अनुमान गरिएको छ। हाल सछ्वान तिब्बत रेलमार्गको छङ्ग तुदेखि या आनसम्मको लाइन निर्माण भइरहेको छ। कामदारहरुले जटिल भूगोल, कम अक्सिजन आदि कठिनाईको सामना गर्दै सो रेलमार्गको सुचारु रुपमा निर्माण कार्य गरिरहेका छन्।

Close
Messenger Pinterest LinkedIn