नेपाली

तिब्बती किसान तथा पशुपालकको आय तेह्र वर्षसम्म दोहोरो अंकमा बृद्धि

CRI2016-02-25 18:39:32

तिब्बत स्वायात्त प्रदेशको सम्बन्धित विभागबाट प्राप्त समाचारका अनुसार, सन् 2015 मा तिब्बती किसान तथा पशुपालकको आय 8 हजार 2 सय 44 युआन पुगेर सन् 2014 को तुलनमान 12 प्रतिशतले बढेको छ भने लगातार तेह्र वर्षसम्म दोहोरो अंकको बृद्धि कायम रहेको छ।

तिब्बतमा किसान तथा पशुपालकको संख्या प्रदेशभरिको कूल जनसंख्यको असी प्रतिशतभन्दा बढी पुगेको छ। धेरै वर्षयता तिब्बतले किसान तथा पशुपालकमाथि अझै बढी समर्थन दिइरहेको छ। वर्तमान तथ्याङ्कक अनुसार, पाँच वर्षयता तिब्बतले 78 अर्ब 70 करोड चिनियाँ युआन वितरण गरेर स्थानीय किसान तथा पशुपालकलाई सहयोग गरेको छ भने कृषि तथा पशुपालनको मूल स्थिति स्पष्ट रुपमा बढाइएको छ।

Close
Messenger Pinterest LinkedIn