नेपाली

तिब्बती शहरबस्तीमा नागरिकको स्वास्थ्य तथ्याङ्क फाइलको स्थापना दर 97.58प्रतिशत

CRI2016-02-18 18:14:30

तिब्बत स्वायत्त प्रदेशको परिवार नियोजन विभागबाट थाहा भएअनुसार तिब्बती शहरबस्तीका बासिन्दाको स्वास्थ्य तथ्याङ्क फाइलको स्थापना दर 97.58 प्रतिशत पुगेको छ। सारा तिब्बतका तीस लाखभन्दा बढी लाभान्वित हुने गरी शहरबस्ती चिकित्सा तथा स्वस्थ सेवायुक्त प्रणाली आधारभूत रुपमा स्थापना भएको देखिन्छ।

परिवार नियोजन विभागका प्रमुख भुपुज्वोमाले जानकारी दिनुभएअनुसार पठारभूमि र कठोर प्राकृतिक वातावरणमा पर्ने तिब्बतको चिकित्सा स्थिति अपेक्षाकृत सुस्त छ अनि शहरबस्तीका बासिन्दाको स्वास्थ्य अवधारणास्तर पनि कम देखिन्छ। स्वास्थ्य फाइलको स्थापनामार्फत् स्वस्थ विभागले सामयिक रुपमा आधारभूत तहमा सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनसक्छ।

आधारभूत तह सर्वसाधारणको स्वास्थ्य अवधारणा कम्जोर भएको समस्याप्रति तिब्बती स्वस्थ विभागले शहरबस्तीका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य परीक्षण प्रदान गरेर बासिन्दा स्वास्थ्य रहेको तथ्याङ्कको स्थापना गरेको छ। सम्बन्धित तथ्याङ्कका अनुसार हालसम्म यी सक्रिय कदमहरुबाट तीन हजार जन्मजात हृदय रोग लागेका बच्चा र उन्नाईस हजारभन्दा बढी मोतियाविन्दुका विरामीहरु निःशुल्क उपचारबाट लाभान्वित भएका छन्।

Close
Messenger Pinterest LinkedIn