नेपाली

तिब्बती क्षेत्रको जातीय धार्मिक मुद्दाको उचित समाधान गर्दै पर्यावरणीय संरक्षणलाई प्रवर्द्धन गर्नुपर्छ:सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालय

CRI2015-09-30 18:20:14

चीनको सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयले 29 तारिख राष्ट्रिय न्यायाधिवक्ता आयोग केन्द्रीय समितिको छैठौं बिब्बती कार्य गोष्ठीको भावना अनुसरण सम्मेलनमा जातीय धार्मिक मुद्दाको उचित समाधान गर्दै पर्यावरणीय न्यायिक संरक्षणलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरामा जोड दिएको छ।

सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयका अध्यक्ष छाउ च्यान मिङ्गका अनुसार कानूनबमोजिम तिब्बतको शासन गर्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको जातीय धार्मिक नीतिलाई द्दढताका साथ पालना गर्दै उचित रुपमा जातीय धार्मिक समस्या सम्बन्धी मुद्दाको समाधान गर्नुपर्छ। साथै तिब्बती क्षेत्रका सम्बन्धित न्यायाधिवक्ता आयोगले पर्यावरणीय संरक्षणको अत्याधिक महत्वलाई सम्झेर वातावरण सम्बन्धी न्यायिक सुरक्षालाई विस्तार गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn