नेपाली

आगामी पाँच वर्षमा तिब्बतको जल-संभारलाई जोडतोडताका साथ अघि बढाइने

CRI2015-09-14 18:37:10

सम्वाददाताले यसै महिना तेह्र तारिख ल्हासामा आयोजित चीनको जल-संभार मन्त्रालयले तिब्बतलाई सहायता दिने सातौं कार्य बैठकबाट थाहा पाएअनुसार, आगामी पाँच वर्षमा चीनले तिब्बतलाई जल-संभारको सहायता दिने क्षमतालाई विस्तार गर्ने, जल-संभारको आधारभूत प्रबन्धको सुधार गर्ने, जल-संभारको आधारभूत सार्वजनिक सेवालाई जोडतोडताका साथ अघि बढाउने छ। सन् 2020सम्म तिब्बतले पानीको किफायत र पानीको आपूर्तिको क्षमतालाई माथि उकास्ने, ग्रामीण क्षेत्रको जल-संभारको निर्माण विकास गर्ने, प्रकोप निवारण तथा प्रकोप न्यूनीकरणको स्तरलाई स्पष्ट रुपमा माथि उकास्ने, पठारभूमिका नदी तथा तालको पर्यावरणलाई प्रभावकारी रुपमा संरक्षण गर्ने, जल-संभार सुधारको व्यवस्थापनलाई चौतर्फी रुपमा बढाउने गरी पाँच वटा लक्ष्य साकार तुल्याउने छ।

चीनका जल-संभार मन्त्री छन लैले सोही दिन आयोजित बैठकमा आगामी पाँच वर्षमा तिब्बतमा फड्को मा‍र्ने विकासको महत्वपूर्ण अवधि हुनुका साथै सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने निर्णायक चरण हुने बताउनुभयो।

विगत पाँच वर्षमा चीनभरिका जल-संभार विभागहरुले तिब्बतको जल-संभारलाई सहायता दिने का‍‍‍र्यलाई चौतर्फी रुपमा व्यवहारमा उतारेका छन्, चालू वर्षको अन्त्यसम्म कुल 22 अर्ब 80 करोड चिनियाँ युआन लगानीलाई व्यवहारमा उतारिनेछ।

Close
Messenger Pinterest LinkedIn