नेपाली

तिब्बतद्बारा तिब्बती भाषा पिलि कला व्यक्तिगत प्रदर्शनीको संयोजन

CRI2015-05-28 18:07:47

"गमाङ्ग•च्याङ्ग पाइ तिब्बती भाषा लिपि कला घुम्ती प्रदर्शनी यात्रा" मे महिनाको 27 तारिख ल्हासामा आयोजना भएको छ। ल्हासापछि यस घुम्ती प्रदर्शनी यात्राले च्याङ्ग सु , थ्यान चिन,पैचिङ्ग शहर आदि स्थानमा आयोजना हुनेछ।

तिब्बती लिपि प्राचीन खाथाओ अवधिमा हिउँदे पठारभूमिमा अस्तित्वमा रहेको देख्न सकिन्छ। सातौं शताब्दी थुपो कालका प्रसिद्ध विद्वान टुनमि•साङ्गपुचाले तिब्बती लिपीलई सुधार तथा सुव्यवस्थापन गरेका थिए। त्यसपछि क्रमशः एक सयभन्दा बढी उत्कृष्ट तिब्बती लिपिका कलाकार देखिएका छन्। 47वर्षका गमाङ्ग•च्याङ्ग पाइ तेह्र वर्षदेखि तिब्बती लिपि कला सिक्न थालेका थिए। त्यसपछिको 34 वर्षभित्र उनले विभिन्न तिब्बती क्षेत्र,भारत,नेपाल आदि स्थानको यात्रा गर्दै तिब्बती लिपिको शुरुवात तथा विकासको अनुसन्धान गरेका थिए।

गमाङ्ग•च्याङ्ग पाइको यस प्रदर्शनीमा लगभग एक सयभन्दा बढी तिब्बती भाषा लिपि कला बस्तु सर्वसाधारणसमक्ष खुल्ला भएका छन्। ती मूल्यवान कलाबस्तुबाट धेरै वर्षयता बुद्ध धर्मको अभ्यासबाट हासिल भएको विचार र आधुनिक कलाको मिलन अभिव्यक्त भएको देखिन्छ।

Close
Messenger Pinterest LinkedIn