नेपाली

स छ्वान-तिब्बत राजमार्गमा प्राकृतिक प्रकोप हुने संभावना

CRI2015-05-23 18:58:51

हाल स छ्वान-तिब्बत राजमार्ग वरिपरिका पहाडमा धेरै हिउँ पग्लिरहेको र धेरै पानी परेकाले पहिरोलगायत प्राकृतिक प्रकोप धेरै हुन सक्ने संभावना रहेको छ। उक्त राजमार्गको सुरक्षा जिम्मा लिएको सशस्त्र प्रहरीले सो राजमार्गबाट तिब्बत जाने पर्यटकलाई मौसमलाई ख्याल गरेर आफ्नो सुरक्षामा ध्यान दिन सचेत गराएको छ।

स छ्वान-तिब्बत राजमार्गको दुरी दुई हजार चार सय किलोमिटरभन्दा बढी रहेको छ र सरदर समुद्र सतहभन्दा तीन हजार मिटर उचाइमा रहेको छ। सो राजमार्गको वरिपरि प्रशस्त प्राकृतिक तथा साँस्कृतिक दृश्य रहेका छन् त्यसैले सो राजमार्गमा धेरै गाडी चलाउने पर्यटक, साइकल चलाउने पर्यटक, पैदल यात्रीलाई आकर्षित गरेको पाइन्छ।

Close
Messenger Pinterest LinkedIn