नेपाली

नेपालमा गएको विनाशकारी भूकम्पबाट तिब्बतका दुई क्षेत्र दक्षिण सरे

CRI2015-05-19 19:35:10

चीनको भूकम्प ब्यूरोले सार्वजनिक गरेको पछिल्लो सूचनाका अनुसार, नेपालमा गएको 8.1 रिक्टरस्केलको विनाशकारी भूकम्पबाट चीनको तिब्बत स्वायत्त प्रदेशीय शिखाचे शहरको चिलुङ टाउन्शिप र न्येलामु जिल्ला दक्षिणतिर साठ्ठी सेन्टिमिटरसम्म सरेको छ। साथै न्येलामु जिल्ला थप दश सेन्टिमिटरसम्म दक्षिणतिर सरेको छ।

चीनको भूकम्प ब्यूरोका विशेषज्ञका अनुसार, 8.1 रिक्टर स्केलको भूकम्पबाट यति सर्नु सामान्य हो। सन् 2008 मा सिचुवानमा गएको वनछ्वान भूकम्पबाट सरेको दुरीभन्दा यो थोरै हो। वनछ्वान भूकम्पबाट ठूलो क्षेत्रफलको भूमि चर्किएको थियो तर यस पटकको भूकम्पबाट थोरै चर्किएको छ।

Close
Messenger Pinterest LinkedIn