नेपाली

तिब्बती वित्तीय सेवाको "ग्रीन च्यानल" सुरु

CRI2015-05-18 19:02:31

चीनको जन बैङ्कको ल्हासा शाखालयबाट प्राप्त समाचारअनुसार, हाल तिब्बती विभिन्न वित्तीय विभागले प्रकोप क्षेत्रको वित्तीय सेवाको "ग्रीन च्यानल" खोलेका छन्। यस कार्यबाट प्रकोप क्षेत्रको वित्तीय सेवाको सम्पूर्ण रुपमा पुनःसुरु भएको छ र वित्तीय सेवासम्बन्धी प्रकोप सर्वसाधारणको आवश्यकता पूरा गर्न संभव भएको छ। यसका साथै पुनःनिर्माणसम्बन्धी वित्तीय नीति पनि तयारी भइरहेको छ।

भूकम्प गएपछि तिब्बती पशुपालन क्षेत्रको वित्तीय सेवाको मुख्य भागका रुपमा रहेको चीन कृषि बैङ्क तिब्बती शाखाले वैध प्रमाणपत्र देखाउन नसक्नेहरुलाई पाँच सय चिनियाँ युआनको रकम निकाल्ने सुबिधा दिएको छ। बैंकको यस्तो सेवाबाट प्रकोपग्रस्त क्षेत्रमा बसोबास गर्नेहरुले आवश्यक सामान उपभोग गर्न पाउने र प्रकोप क्षेत्रको वित्तीय सुरक्षा तथा स्थिरताको संरक्षण गर्न सजिलो भएको छ।

बैङ्कबाहेक तिब्बती विमा कम्पनीहरुले पनि भुक्तानी गर्न थालेका छन्। विमा कम्पनीहरुले मानिसपछि मालसामान र सजिलोपछि गाह्रो रहेको कार्य सिन्द्धान्तबमोजिम तुरुन्तै भुक्तानी गरी स्थानीय सर्वसाधारणलाई उत्पादन र जीवन पुनःसुरु गर्न सहायता दिएका छन्।

Close
Messenger Pinterest LinkedIn