नेपाली

दलाइले आफ्नो भनाइ र गतिबिधिमाथि विचार गर्नुपर्ने चीनको अडान

CRI2015-04-22 19:29:36

अमेरिकी विदेशमन्त्रालयले हालै तिब्बत शासन नीतिको पुनःविचार गर्न चीनलाई ताकिता गरेको छ। साथै विना पूर्वसर्त दलाइ अथवा उसको प्रतिनिधिसँग वार्ता सुरु गर्न पनि भनेको छ। सो विषयमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता हुङ लेइले तिब्बत मामिला चीनको आन्तरिक मामिला हो र त्यसमा हस्क्षतेप गर्ने कुनै पनि देशको अधिकार नरहेको स्पष्ट पार्नुभएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुङले उक्त कुरा बताउनुभएको हो। यदि दलाइले चीन सरकारसँग कुराकानी गर्न खोजेमा आफ्नो भनाइ र गतिबिधिमाथि पुनः विचार गरी चीनलाई विभाजन गर्ने सबै गतिबिधि रोक्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो।

Close
Messenger Pinterest LinkedIn