नेपाली

तिब्बती शान नान क्षेत्रीय छोना जिल्लामा 4.1 रेक्टर स्केलको भूकम्प

CRI2015-04-17 18:23:54

चिनियाँ भूकम्प प्रणाली निर्धारणका अनुसार, 17 तारिख विहान छ बजेर पाँच मिनेट जाँदा तिब्बती शान नान क्षेत्रीय छोना जिल्लामा 4.1 रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्प गएको बेलामा छोना र नजिकै गाउँ-वस्तिमा पनि महसुस भएको छोना जिल्लाका सरकारी कर्मचारीले जनाएका छन्। भूकम्पबाट स्थानीय सर्वसाधारण र अन्य कुनै भौतिक क्षति नभएको जनाइएको छ। हालसम्म हताहत र ध्वस्त आवास लगायत प्रकोप सम्बन्धी पूर्ण विवरण प्राप्त भैसकेको छैन।

छोना जिल्ला तिब्बत स्वायत प्रदेशको दक्षिणी सिमानामा पर्ने जिल्लाहरुमध्येको एक हो। यो जिल्लाको क्षेत्रफल 34 हजार नौ सय 79 वर्षकिलोमिटर हुनुका साथै जनसंख्या 15 हजार छ।

Close
Messenger Pinterest LinkedIn