नेपाली

"वृहत् तिब्बती क्षेत्र"भन्ने कुचेष्टा इतिहास र वास्तविकता विपरीतः तिब्बती सामाजिक तथा बैज्ञानिक प्रतिष्ठानका विशेषज्ञ

CRI2015-04-17 18:25:46

तिब्बती स्वायत्त प्रदेशको सामाजिक तथा बैज्ञानिक क्षेत्रले चीनको राज्य परिषदद्बारा हालै सार्वजनिक"तिब्बतको विकास मार्ग ऐतिहासिक छनौट"शीर्षकको श्वेतपत्रबारेमा गोष्ठीको आयोजना गरेको छ। गोष्ठीमा तिब्बती सामाजिक तथा बैज्ञानिक प्रतिष्ठानअन्तर्गत आर्थिक रणनीति अनुसन्धान व्युरोका उपअनुसन्धानकर्ता चौ युङ्गले चौधौं दलाई समूहको "वृहत् तिब्बती क्षेत्र"को लक्ष्य इतिहास तथा वास्तविक अवस्था विपरित भएको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार हजारौं वर्षयता छिङ्गहाइ-तिब्बती पठारका विभिन्न जाति सहअस्तित्वको वास्तिकतामा ध्यान नदिई चीनका विभिन्न जातिबीचमा बाधा तथा अन्तर्विरोध सिर्जना गर्न खोजिएको छ। अन्य जातिसँग अलग भएर"वृहत् तिब्बती क्षेत्र"को स्थापना नै चरम राष्ट्रवाद र जातिवादको विशिष्ट उदाहरण हो। संस्कृतिको संरक्षण र विकासबाट हेर्दा "वृहत् तिब्बती क्षेत्र"ले तिब्ब्ती संस्कृतिको संरक्षण गर्ने छैन तैपनि विभिन्न जातिबीचको आदानप्रदान बन्द गरेर तिब्बती संस्कृतिलाई ढुङ्गे युगमा फर्काउने छ।

Close
Messenger Pinterest LinkedIn