तिब्बतमा परम्परागत हाते चित्र थाङ्काको स्थानीय मापदण्ड तयारी हुँदै
CRI2015-04-13 18:39:01
तिब्बतले "परम्परागत हाते चित्र थाङ्काको स्थानीय मापदण्ड" तयारी गर्दै यसै वर्षभित्र औपचारिक रुपमा सार्वजनिक गर्ने अनुमान तिब्बती साँस्कृतिक व्यूरोले गरेको छ।
शानदार चित्रकला प्रविधि, प्रचुर जातीय तथा साँस्कृतिक विषय र विशेषतायुक्त कलात्मक मूल्यका कारण तिब्बती थाङ्का सबैभन्दा परम्परागत थाङ्का मानिन्छ। तिब्बती थाङ्का बजारको विकासका साथै थाङ्का बजारलाई मार्गदर्शन र निर्देशित गर्न स्थानीय मापदण्ड चाहिने तिब्बती गैर भौतिक सांस्कृतिक सम्पदा विभागका प्रमुख जिजीले बताउनुभयो।
सन् 2005को सेप्टेम्बरमा चिनियाँ छिङ्ग हाइ प्रान्तले थाङ्का प्रविधिसम्बन्धी स्थानीय मापदण्डको तर्जुमा गरिसकेको छ।