नेपाली

लघुवित्त ऋण लिने तिब्बती कृषकहरुको संख्यामा उल्लेख्य वृद्धि

CRI2015-03-18 18:31:26

चीनको जन बैंकअन्तर्गत ल्हासा शाखाबाट थाहा भएअनुसार पशुपालक तथा कृषकको आम्दानीलाई बढाउनका लागि हाल केही वर्षयता तिब्बती बैंकिङ्ग संस्थाले श्रृंखलाबद्ध लघु वित्त ऋण प्रवाह गरेको छ। हाल यस्तो लघु वित्त ऋण सारा तिब्बती स्वायत्त प्रदेशको 95 प्रतिशतभन्दा बढी पशुपालन तथा कृषि क्षेत्रमा ढाकिएको छ। जसले तिब्बत चीनमा ऋण लिने कृषकहरुले भरिएको सबैभन्दा ठूलो क्षेत्र बनेको छ।

तिब्बत पशुपालक तथा कृषकद्बारा मुख्य रुपमा ओगटिएको क्षेत्र हो। दीर्घकालदेखि प्राकृतिक पूर्वाधार,आर्थिक विकास आदि कारकतत्वका कारणले तिब्बती पशुपालक तथा कृषकको आम्दानीलाई बढाउने तरीका तथा बाटो सीमित छ। त्यसैले लघुवित्त ऋण नै पशुपालन तथा कृषि क्षेत्रमा स-साना व्यवसायको विकास तथा युवा स्वरोजगार प्रोत्साहनको उत्कृष्ट माध्यम हो। सम्बन्धित तथ्याङ्कअनुसार सन्2014को अन्तसम्म तिब्बतका विभिन्न बैंकिङ्ग संस्थामा पशुपालन तथा कृषकको ऋण उनन्तीस अर्ब बहत्तर करोड साठी लाख चिनियाँ युआन पुगेको थियो।

Close
Messenger Pinterest LinkedIn