नेपाली

तिब्बतको खुलापनका लागि ऐतिहासिक अवसर

CRI2015-03-10 09:26:27

चिनियाँ राष्ट्रिय जनकंग्रेसका प्रतिनिधि एबम् तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष लोसाङ जामकानले हिजो 9 तारिख पैचिङ्गमा "रेशमी मार्ग आर्थिक क्षेत्र र रेशमी मार्ग" रणनीतिद्वारा तिब्बतको खुलापनलाई बढाइनका लागि ऐतिहासिक अवसर प्रदान गरेको बताउनुभयो।

तिब्बत चीनको दक्षिण एशियाका लागि रणनीतिक महत्व विन्दू र खुला ढोका रहको लोसाङले बताउनुभयो। वार्तमान चीन र दक्षिण एशिया बीचको आर्थिक तथा व्यापारिक सहयोगलाई विस्तृत पार्नु पर्ने उहाँले औँल्याउनुभयो। चीन र दक्षिण एशिया बीचको सांस्कृतिक आदान प्रदानलाई गहण पार्नु पर्ने पनि उहाँले उल्लेख गर्नुभयो। चौतर्फी खुलापन लागू गरेर "चीनले दक्षिण एशियाका लागि खुला गरेको अन्तर्राष्ट्रिय ठूलो माध्यम" का रुपमा तिब्बतले नयाँ चरणको विदेशी खुलापन रणनीतिक बनोट भएको उहाँले जानकारी दिनुभयो।

"ठूलो माध्यम"का रुपमा तिब्बतले उत्तर पश्चिमी तर्फ र "रेशमी मार्ग आर्थिक क्षेत्र"सँग जोड्ने काम गरेको बताउँदै "21औँ शताब्दी समुद्री रेशमी मार्ग"को दक्षण एशियामा पर्ने समुद्री किनार क्षेत्रसँग जोड्ने उहाँले बताउनुभयो। मुलुकको विदेशी खुलापन रणनीतिलाई संपन्न पार्न "रेशमी मार्ग आर्थिक क्षेत्र र रेशमी मार्ग"लाई विस्तार गर्ने आधारभूत रणनीति रहेको उहाँले बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn