नेपाली

दलाईलाई तिब्बती बौद्ध धर्मको निन्दा नगर्न तिब्बती नेताको आव्हान

CRI2015-03-10 09:27:30

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत तिब्बती स्वायत्त प्रदेशका उप सचिव एवं तिब्बत प्रदेशको जनकंग्रेस स्थायी समितिका प्रमुख पद्म छिन्लेले हिजो 9 तारिख बार्‍हौँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको तेस्रो अधिवेशन सम्बन्धी तिब्बती प्रतिनिधि मण्डलको छलफलमा पत्रकारको प्रश्नको जवाफ दिनुभयो। तिब्बतमा वर्तमान आर्थिक विकास र नागरिकको सुरक्षा अवस्था इतिहासमै सबैभन्दा राम्रो अवस्थामा रहेको उहाँले व्यक्त गर्नुभयो। उहाँले दलाईलाई "अवतारी" रुपमा इतिहासलाई समान्न गर्न र तिब्बती बौद्ध धर्मको निन्दा नगर्न पनि आव्हान गर्नुभयो।

तिब्बतमा तीस लाखभन्दा बढी विभिन्न जातिका तिब्बती नागरिक रहेको र सबैभन्दा राम्रो काम तिब्बती नागरिकको जीवनस्त्तर उकास्ने रहेको उहाँले जानकारी दिनुभयो। त्यसैगरी तिब्बती बासिन्दाले पनि मुलुकसँगै पूर्ण सम्पन्न समाजमा प्रवेश गर्नसक्ने क्षमता राख्ने उहाँले बताउनुभयो।

दलाई भनेको जीवित बुद्धको अवतारी रहेको भन्दै उहाँले जोड दिनुभयो- जीवित बुद्धको अवतारी व्यवस्था कायम छ तर दलाईले प्रसिद्ध जीवित बुद्धको हैसियतमा आफ्नो विचारअनुसार काम नगरेर बौद्ध धर्मको निन्दा गरेको छ।

Close
Messenger Pinterest LinkedIn