नेपाली

सबैभन्दा कम उमेरका एघारौं पञ्चेन राष्ट्रिय अधिवेशनमा सहभागी

CRI2015-03-05 18:32:40

राष्ट्रिय परामर्शदात्री सम्मेलनमा सबैभन्दा कम उमेरको हैसियतमा एघारौं पञ्चेन एर्दिनी छोइग्यीजाबुले चार तारिख विहान बाह्रौं राष्ट्रिय परामर्शदात्री सम्मेलनको तेस्रो अधिवेशनअन्तर्गत धार्मिक मञ्चमा भाग लिनुभएको छ। बैठकमा 25वर्षीय पञ्चेनले "योग्य व्यक्ति हुर्काउँदै तिब्बती बौद्ध धर्मलाई राम्ररी समाजवाद अनुकूल बनाउने" विषयमा भाषण दिनुभएको छ।

एघारौं पञ्चेनले धार्मिक योग्य व्यक्तिलाई हुर्काउने विषयलाई निकै जोड दिनुभएको छ। उहाँले योग्य व्यक्तिको विकास नै वर्तमान र भविष्यमा बौद्ध धर्म उत्थानको सबैभन्दा महत्वपूर्ण कार्य हुने विश्वास पनि व्यक्त गर्नुभएको छ।

यस वर्ष एघारौं पञ्चेनले राष्ट्रिय दुईवटा अधिवेशनमा भाग लिनुभएको यो छैठौं वर्ष हो। उहाँका अनुसार सन्2000देखि यता केन्द्रीय सरकारले लगातार दुई अर्ब चार करोड चिनियाँ युआन लगानी गरेर श्रृंखलाबद्ध महत्वपूर्ण पूरातात्विक वस्तु संरक्षण तथा मर्मत योजना कार्यान्वयन गरेको छ।जसबाट सम्पूर्ण रुपमा केन्द्रीय सरकारले तिब्बती बौद्ध धर्ममा ध्यान दिएको प्रतिबिम्बित भएको छ।

Close
Messenger Pinterest LinkedIn