नेपाली

तिब्बतले चुमुलाङमाको फोहोर सरसफाइलाई अघि बढाउने

CRI2015-03-05 18:43:33

तिब्बत स्वायत्त प्रदेशको पर्वतारोहण व्यवस्थापन केन्द्रको कार्यालयका प्रमुख चाङ मिङ सिङले पाँच तारिख चुमुलाङमाको फोहोर सफा गर्ने कार्यलाई अघि बढाउने र चालू वर्षदेखि पर्वतारोहीलाई वातावरणीय संरक्षण शूल्क पनि चार्ज गरिने कुरा बताउनुभएको छ।

नेपाली पर्वतारोहण अवधि यसै हप्तादेखि शुरु भएको छ। बेलायतको "द गार्जियन"ले हाल प्रकाशित गरेको लेखअनुसार, नेपाली पर्वतारोहण संघका अध्यक्षले शिविरले अस्थायी शौचालयको निर्माण गरेता पनि पर्वतारोहीलाई फोहोर साथैमा लिएर फर्कन आग्रह गरेको कुरा बताएका छन्।

चाङकाअनुसार, हालैका केही वर्षयता तिब्बत र नेपालले चुमुलाङमाको वातावरणीय संरक्षण समस्याबारे धेरै पटक आदान-प्रदान गरेका छन्।

थाहा भएअनुसार, सन् 2015मा तिब्बतको वसन्त पर्वतारोहण अवधि आगामी अप्रिल महिनादेखि शुरु हुने छ।

Close
Messenger Pinterest LinkedIn