नेपाली

चाडपर्वका अवधिमा तिब्बतमा सुरक्षा व्यवस्था मजबुत

CRI2015-02-24 18:55:10

तिब्बत स्वायत्त प्रदेश सरकारका अनुसार, चालु वसन्त चाड, तिब्बती नयाँ वर्ष र तिब्बती कुथु चाडको अवधिमा तिब्बतमा आत्म-दाह, हिंसात्मक हमला, सुरक्षा दुर्घटना सून्य रहेर सामाजिक सुरक्षा मजबुत र स्थिर भएको पुष्टि भएको छ।

तिब्बती सरकारका अनुसार, चाडको अवधिमा तिब्बत स्वायत्त प्रदेशका उच्च तहका अधिकारी आ-आफ्नो पदमा बसिरहेका छन् जसबाट चाड-पर्वको अवधिमा तिब्बतमा सुरक्षा अवस्था चुस्त छ।

चाड अवधिमा जोखाङ गुम्बामा जाने पर्यटकको संख्या मात्रै दुई लाख 83 हजार पुगेको छ। साथै प्रदेशभरि धार्मिक कार्यक्रममा भाग लिने मानिसको संख्या पाँच लाख पुगेको छ।

तिब्बती सरकारले दिएको जानकारीअनुसार, सुरक्षित वातावरणका कारणले विदाको अवधिमा तिब्बतको पर्यटन उद्योग चर्कँदै आएको छ। विदाको अवधिमा प्रदेशभरि पर्यटको संख्या तेइस प्रतिशतले बढेको र पर्यटन आय पच्चीस प्रतिशत बढ्ने अनुमान छ।

Close
Messenger Pinterest LinkedIn