नेपाली

तिब्बती धर्मावलम्बीहरुद्बारा तिब्बती पात्रोको नव वर्षको स्वागत

CRI2015-02-17 18:40:42

सोह्र तारिख तिब्बतको पवित्र शहर ल्हासामा दश हजारभन्दा बढी धर्मावलम्बीहरुद्बारा गठित एउटा टोलीले सफा खादा बोकेर ‌बुद्ध सुत्र भन्दै गेलुग सम्प्रदायको गुम्बा सेरा गुम्बाको परिक्रमा गरेको छ। यसरी उनीहरुले वर्षको महत्वपूर्ण धार्मिक चाड "सेलापङ्गछिन"लाई स्वागत गरेका छन्।

तिब्बती सेरा गुम्बाको व्यवस्थापन समितिका उपप्रमुख रुन छि दा जेले जानकारी दिनुभएअनुसार सेरा गुम्बामा पुजाआजा गर्न आएका धर्मावलम्बीहरुमध्ये तिब्बती स्थानीय बासिन्दा बाहेक छिङ्गहाइ,सछ्वान आदि प्रान्तको तिब्बती जातीय आवास क्षेत्रबाट गएका मानिसहरु पनि छन्। गत वर्ष यस चाडमा भाग लिएका धर्मावलम्बीको संख्या सत्तासी हजार बराबर थियो भने यस वर्ष एक लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

Close
Messenger Pinterest LinkedIn