नेपाली

तिब्बतद्बारा जनकाङ्ग्रेस प्रणाली लागू भएको 50औं वार्षिकोत्सव

CRI2015-01-23 17:46:50

चिनियाँ जन काङ्ग्रेसअन्तर्गत तिब्बती जन काङ्ग्रेसका 381 जना प्रतिनिधिहरुले 22 तारिख सरकारी कार्य प्रतिवेदन सम्बन्धी निर्माण मस्यौदा पारित गरेका छन्। पाँच दिने तिब्बती दशौं जन काँग्रेसको तेस्रो सम्मेलनमा जम्मा 322 निर्णय प्रस्ताव पेश गरेको छ जसबाट तिब्बतको"बाह्रौं पञ्च वार्षिय"योजनाको सफलताको सार समीक्षा गर्नुका साथै"तेह्रौं पञ्च वार्षिय"योजनाका लागि सुझाव प्रस्तुत गर्ने छ।

सन् 1965 मा चिनियाँ जन काङ्ग्रेसअन्तर्गत तिब्बती स्वायत्त प्रदेशको पहिलो जन काङ्ग्रेसको पहिलो सम्मेलन ल्हासामा आयोजना भएको थियो जसबाट जन काङ्ग्रेस प्रणाली ‌औपचारिक रुपमा तिब्बतमा स्थापित भएको थियो। 50वर्ष यता तिब्बती जनता समाजवादको वास्तविक पाहुना बनेका छन्। साथै तिब्बतका विभिन्न जातिका सर्वसाधारणको हित तथा अधिकार कानूनमार्फत् संरक्षण गर्न सकिएको छ।

Close
Messenger Pinterest LinkedIn