नेपाली

तिब्बतमा पानी उद्गमको जाँचबुझ तथा मूल्याङ्कन कार्य सम्पन्न

CRI2015-01-21 17:56:49

हाल तिब्बत स्वायत्त प्रदेशमा आयोजित दशौं जनकाङ्ग्रेसको तेस्रो सम्मेलनबाट थाहा भएअनुसार तिब्बतको पहिलो चरण अर्थात् 28 पानी उद्गमको जाँचबुझ तथा मूल्याङ्कन काम आधारभूत रुपमा सम्पन्न भएको छ। जाँचबुझ तथा मूल्याङ्कनबाट लगभग उन्नाइस करोड टनभन्दा बढी पानी ती मुहानहरुमा रहेको तथ्याङ्क निकालिएको छ।

औसत प्रतिवर्ष शुद्ध पानीका श्रोतको कूल मात्रा चार खर्ब उनन्चालीस अर्ब चालिस करोड घन मीटर राखेको तिब्बतले"एशियाको पानीको खानी"भन्ने उपनाम पनि साबित गरेको छ। चीनको सबैभन्दा अत्याधिक शुद्ध पानीका श्रोतको विशेषता बाहेक उच्च गुणस्तर र सफा तथा प्रदूषणरहित श्रेष्ठताले भरिएको तिब्बतको पानी विश्वव्यापी मान्यताप्राप्त सबैभन्दा विशुद्ध पानी श्रोत स्थल मानिन्छ।

थाहा भएअनुसार सन्2015मा तिब्बतले"विश्वद्बारा तिब्बतको शुद्ध पानीको संयुक्त उपभोग"भन्ने नारा लिएर मुख्य गरी प्राकृतिक खानेपानी व्यवसायको विकास गर्दै जाने छ।

Close
Messenger Pinterest LinkedIn