नेपाली

चीनको तिब्बती प्रतिनिधिमण्डल न्यूयोर्कमा

CRI2014-12-06 19:23:26

चिनियाँ राष्ट्रिय जन कंग्रेसका प्रतिनिधि एवं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत तिब्बत स्वायत्त प्रदेश शाखा समितिका अध्यक्ष लोसाङ्ग जाम्कानको नेतृत्वमा रहेको चिनियाँ राष्ट्रिय जन कंग्रेसको तिब्बती प्रतनिधिमण्डल हिजो पाँच तारिख अमेरिकाको न्यूयोर्क पुगेको छ। सो अवसरमा प्रतिनिधिमण्डलले अमेरिका-चीन सम्बन्ध राष्ट्रिय समितिका अध्यक्ष स्टिफन ओर्लिन्ससँग भेट-वार्ता गरेको छ। साथै कोलम्बिया विश्वविद्यालय, न्यूयोर्क राज्य विश्वविद्यालयका र अमेरिकी वैदेशिक सम्बन्ध समितिका विद्वानहरुसँग पनि छलफल गरेको छ।

प्रतिनिधिमण्डलका प्रमुख लोसाङ्ग जाम्कानले अमेरिकालाई तिब्बतको आर्थिक तथा सामाजिक विकास अवस्थाबारे जानकारी दिनुका साथै उहाँहरुको प्रश्नको जवाफ पनि दिनुभयो।

त्यसपछि प्रतिनिधिमण्डलले बीस जना स्थानीय तिब्बती देशबन्धुसँग छलफल गरेको छ।

Close
Messenger Pinterest LinkedIn