नेपाली

चीनको तिब्बती प्रतिनिधिमण्डल वाशिन्टनमा

CRI2014-12-05 21:00:04

चिनियाँ राष्ट्रिय जन कंग्रेसका प्रतिनिधि एवं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत तिब्बत स्वायत्त प्रदेश शाखा समितिका अध्यक्ष लोसाङ्ग जाम्कानको नेतृत्वमा रहेको चिनियाँ राष्ट्रिय जन कंग्रेसको तिब्बती प्रतनिधिमण्डल हिजो चार तारिख अमेरिकाको वाशिन्टन पुगेको छ। सो अवसरमा प्रतिनिधिमण्डलले अमेरिकी प्रतिनिधिसभाअन्तर्गत अमेरिका-चीन कार्य टोलीका संयुक्त अध्यक्ष चार्ल्स बौस्तानी र रिक लार्सनसँग वार्ता गर्नुभयो। साथै ब्रुकिङ्गस इन्स्टिच्युटका विशेषज्ञ र अरु सरकारी अधिकारीसँग पनि वार्ता गरेको छ।

सो अवसरमा लोसाङ्ग जाम्कानले तिब्बती आर्थिक, सामाजिक, शिक्षा, सांस्कृतिक विकास अवस्थाबारे जानकारी दिनुभयो। साथै पर्यावरण संरक्षण, धार्मिक स्वतन्त्रता आदि विषयबारे अमेरिकी पक्षसँग खुला रुपमा बैचारिक आदान-प्रदान गर्नुभयो।

अमेरिकाको भ्रमणअघि प्रतिनिधिमण्डलले क्यानाडाको चार दिने भ्रमण गरेका थियो।

Close
Messenger Pinterest LinkedIn