नेपाली

पैचिङमा तिब्बती पर्यटन प्रबर्द्धन सम्मेलन 2014

CRI2014-11-19 19:11:03

"हिउँद ऋतुमा तिब्बत घुमेर घामबाट आनन्द प्राप्त गर्नुहोस्" शीर्षकमा तिब्बती पर्यटन प्रबर्द्धन सम्मेलन 2014 हिजो अठार तारिख पैचिङमा आयोजना भएको छ। हिउँद ऋतुमा तिब्बत घुम्नेबार प्रचार-प्रसार गरी हिउँद ऋतुमा तिब्बत घुम्न लायक नभएको बाहिर क्षेत्रको परम्परागत बुझाइलाई परिवर्तन गरेर चार ऋतुमा तिब्बती पर्यटन उद्योगको सन्तुलित विकासलाई बढाउने यो सम्मेलनको लक्ष्य रहेको छ।

सम्मेलनमा तिब्बत स्वायत्त प्रेदशीय पर्यटन ब्यूरोका उप-प्रमुख छरन जोमाले हिउँद ऋतुमा तिब्बत घुम्दा सबैभन्दा प्रभावकारी भएको बताउनुभयो। उहाँले हिउँदमा पोताला दरबारको पर्यटन प्रवाह र अवलोकन समयमा कुनै सीमा नतोकिएको र हवाइ टिकट, रेलवेइ टिकट, होटेल, दृश्यावलोकन क्षेत्रको खर्च पनि सस्तो हुने जानकारी दिनुभयो। उहाँका अनुसार, तिब्बती नयाँ वर्षलगायत विभिन्न लोक पर्व र साँस्कृतिक कार्यक्रमको हिउँद ऋतुमा मात्र अनुभव लिन सकिने हुनाले हिउँद ऋतु तिब्बती जातीय सँस्कृतिको अनुभव लिने सबभन्दा राम्रो समय भएको बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn