पाठ बयालीस
पैसा पठाउने
वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।
कमलः नमस्कार सबैलाई। म कमल लम्साल।
वर्षाः अघिल्लो पाठमा हामीले बैंकसम्बन्धी केही व्यावहारिक शब्द सिकाएका थियौं। अब हामी ती विषयहरु दोहर्याएर सिकौं-
"निंग हाउ, याओ पाँग माँग मा?"
कमलः निंग हाउ, याओ पाँग माँग मा?
वर्षाः "याओ पाँग माँग मा?", "मेरो सहयोग चाहिन्छ?"
कमलः याओ पाँग माँग मा?
वर्षाः "तेन व्हा फै", " टेलिफोन महसुल"।
कमलः तेन व्हा फै।
कमलः वो च्याउ तेन व्हा फै।
वर्षाः "वो च्याउ तेन फै"।, "म विद्युत महसुल तिर्न चाहन्छु"।
कमलः वो च्याउ तेन फै।
वर्षाः "तेन फै", "विद्युत महसुल"।
कमलः तेन फै।
वर्षाः "यिंग हाँग शिंग छी र शिउ शी मा?"
कमलः यिंग हाँग शिंग छी र शिउ शी मा?
वर्षाः "यिंग हाँग", "बैंक"।
कमलः यिंग हाँग।
वर्षाः "शिउ शी", "विदा"।
कमलः शिउ शी।
पूरा वार्तालापः
कः निंग हाउ, याओ पाँग माँग मा ? नमस्कार, मेरो सहयोग चाहिन्छ कि?
खः अँ..., वो च्याओ तेन व्हा फै। म मेरो टेलिफोनको महसुल तिर्न चाहन्छु।
कः छिंग कन वो लाई। कृपया मसँग आउनुहोस।
खः शे शे। धन्यवाद।
कः पु ख छी। केही छैन।
कः निंग हाउ, याओ पाँग माँग मा?
खः श् त। वो च्याउ तेन फै।
कः छिंग ताउ ती सान क ठ्र्वाँग खौ।
कः यिंग हाँग शिंग छी र(हलन्द)शिउ शी मा?
खः पु शिउ शी। चाउ शाँग च्यौ तेन खाई मन।
कः मिंग थेन चाउ शाँग वो च्यौ छ्यु च्याउ फै।
कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजको मुख्य विषयतिर लागौं।
आजका मुख्य विषयहरुः
वो याओ पान ली व्है ख्वान।
श् फन ट्रोंग च्वो यौ नंग ताउ ट्राँग।
शौ श्यु फै श त्वो शाओ?
मै पी च्वै काउ शौ फै ऊ श् युआन।
कमलः वर्षाजी, जरुरी काम परेकाले मैले घरमा पैसा पठाउनु छ। चिनियाँ भाषामा बैंकका कर्मचारीलाई कसरी भन्ने? "म केही पैसा पठाउन चाहन्छु"लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः राम्रोसँग सुन्नुहोस् है। "वो याओ पान ली व्है ख्वान"।
वर्षाः "वो याओ", "म चाहन्छु"।
कमलः वो याओ।
वर्षाः "पान ली", "चलाउनु वा विधि पुर्याउनु"।
कमलः पान ली।
वर्षाः "व्है ख्वान", "पैसा पठाउनु"ऽ
कमलः व्है ख्वान।
वर्षाः वो याओ पान ली व्है ख्वान।
कमलः "वो याओ पान ली व्है ख्वान"।, "म केही पैसा पठाउन चाहन्छु"।
वर्षाः "पान ली व्है ख्वान", "पैसा पठाउने विधि पुर्याउनु"।
कमलः पान ली व्है ख्वान।े
वर्षाः "वो याओ पान ली व्है ख्वान"।, "म केही पैसा पठाउन चाहन्छु"।
कमलः वो याओ पान ली व्है ख्वान।
वर्षाः तपाईंले बुझ्नुभयो? बैंकका कर्मचारीले तपाईंलाई सर्वप्रथम पैसा पठाउने फारम भर्न लगाएका छन। त्यसमा तपाईले प्रेषकको बारेमा केही जानकारी, प्रापकको नाउँ र ठेगाना आदि विषयहरु राम्ररी भरिदिनुपर्छ। ए, तपाईंका लागि पठाइएको पैसा प्रापकको हातमा पुग्न कति समय लाग्ला भन्ने कुरा थाहा पाउनु जरुरी छ?
कमलः हो त नि।
वर्षाः यदि प्रापकको बैंक खातामा पुग्न दश मिनेट लाग्ने हो भने बैंकका कर्मचारीले तपाईंलाई यसरी भन्न सक्नेछनः "श् फन ट्रोंग च्वो यौ नंग ताउ ट्राँग"।
कमलः श् फन ट्रोंग च्वो यौ नंग ताउ ट्राँग।
वर्षाः "श् फन ट्रोंग", "दश मिनेट"।
कमलः श् फन ट्रोंग।
वर्षाः "च्वो यौ", "जति वा निर"।
कमलः च्वो यौ।
वर्षाः "नंग", "सक्नु"।
कमलः नंग।
वर्षाः "ताउ ट्राँग", "बैंक खातामा पुग्नु"।
कमलः ताउ ट्राँग।
कमलः "श् फन ट्रोंग च्वो यौ नंग ताउ ट्राँग।", "करिब दश मिनेटमा यो पैसा बैंक खातामा पुग्नसक्ने छ"।
कमलः अब मलाई "यसको शुल्क कति लाग्छ" भनेर थाहा पाउनु जरुरी छ।
वर्षाः तपाईं यसरी भन्न सक्नुहुन्छ- "शौ श्यु फै श त्वो शाओ?"
वर्षाः "शौ श्यू फै", "सेवा शुल्क"।
कमलः शौ श्यू फै।
वर्षाः "श्", "हो वा हुनु"।
कमलः "त्वो शाउ", "कति"।
वर्षाः त्वो शाउ।
कमलः त्वो शाउ।
वर्षाः"शौ श्यु फै श त्वो शाओ?", "सेवा शुल्क कति लाग्छ?"
कमलः भर्खरै मैले बैंकका कर्मचारीलाई "सेवा शुल्क कति लाग्छ" भनेर सोध्दा उनले दिएको उत्तर धेरै गाह्रो जस्तो लाग्यो। तपाईं मलाई अझै बुझ्नेगरी भनिदिनुहु्न्छ कि?
वर्षाः अवश्य। उनले "मै पी च्वै काउ शौ फै ऊ श् युआन" भनेका छन। यसको अर्थ "हरेक पटक पैसा पठाउँदा लाग्ने अधिकतम शुल्क पचास युआन हो " भन्ने हो।
कमलः मै पी च्वै काउ शौ फै ऊ श् युआन।
वर्षाः "मै पी", "हरेक पटक पैसा पठाउनु"।
कमलः मै पी।
वर्षाः "च्वै" सहायक शब्द हो। यसले विशेषणको गुण जाहेर गर्दछ। उदाहरणका लागि "च्वै हाउ- सर्वोत्तम", "सबैभन्दा राम्रो"।
कमलः च्वै हाउ।
वर्षाः "च्वै मै", "सबैभन्दा सुन्दर"।
कमलः च्वै मै।
वर्षाः "च्वै ता", "सबैभन्दा ठूलो"।
कमलः च्वै ता।
वर्षाः "च्वै काउ", "सर्वोच्च, वा सबैभन्दा अग्लो"।
कमलः च्वै काउ।
वर्षाः "शौ फै", "महसुल लिनु"।
कमलः शौ फै।
वर्षाः "ऊ श् युआन", " पचास युआन"।
कमलः ऊ श् युआन।
वर्षाः मै पी च्वै काउ शौ फै ऊ श् युआन।
कमलः "मै पी च्वै काउ शौ फै ऊ श् युआन"।, "हरेक पटक पैसा पठाउँदा लाग्ने अधिकतम महसुल पचास युआन हो"।
वर्षाः अब हामी आजका सबै वार्तालाप सुनौं-
वार्तालाप एक
कमलः नी हाउ, वो याओ पान ली व्है ख्वान।
वर्षाः छिंग निंग शेन थेन यी ट्राँग व्है ख्वान तान।
कमलः हाउ त।
वार्तालाप दुइ
कमलः त्वो ठ्राँग श् थेन नंग ताउ ट्राँग?
वर्षाः श् फन ट्रोंग च्वो यौ नंग ताउ ट्राँग।
वार्तालाप तीन
कमलः शौ श्यु फै श त्वो शाओ?
वर्षाः आन पाई फन ट् यी त पी ली शौ छ्यू। मै पी च्वै काउ शौ फै ऊ श् युआन।
कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक/दुइ कुरा"तिर लागौं।
चिनियाँ संस्कृतिका एक झलकः
चीनमा चाडबाडको बेलामा टाढाका ठाउँमा रहेका आफ्ना बुबा-आमा, नाता-कुटुम्ब वा इष्ट-मित्रहरुलाई पैसा पठाउने चलन छ जसबाट उहाँहरुलाई सम्झनाको भाव र शुभकामना व्यक्त गर्न सकियोस। खासगरी, रोजगारीका लागि शहर गएका किसानहरु त आफूले कमाएको सबै पैसा घर पठाउन चाहन्छन। उनीहरुलाई सामान्यतया कम शुल्क लाग्ने माध्यमबाट पैसा पठाउन मन लाग्छ। दैवी प्रकोपका बेला प्रकोप प्रभावित क्षेत्रका जनतालाई चन्दास्वरुप पैसा उठाउँदा हरेक बैंकले, विशेषगरी ती क्षेत्रहरुतिर पैसा पठाउने सम्बन्धित सेवा कार्य शुरु गर्दछन र यसका लागि कुनै शुल्क लाग्दैन। कुनै एक ठाउँ अप्ठ्यारो स्थितिमा पर्दा त्यसले सबै ठाउँबाट सहायता प्राप्त गर्नसक्छ। यो चिनियाँ जनताको परम्परादेखिको सुचरित्र हो।
वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "वो याओ पान ली व्है ख्वान" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।
चाइ चेन।