पाठ नौ
वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमको सञ्चालिका वर्षा।
कमलः नमस्कार सबैलाई । म कमल लम्साल।
वर्षाः अघिल्लो पाठमा हामीले चिनियाँ भाषामा एक-अर्काका बारेमा जानकारी लिने सन्दर्भमा कुराकानी गर्दा कसरी गर्ने भन्ने विषयमा केही कुरा सिकेका थियौं। आज हामी फेरि अघिल्लो पाठमा सिकेका वाक्यहरु दोहर्याएर सिकौं।
कमलः अब शुरु गरौं। तपाईंले भर्खरै गराएको चिनापर्चीले मलाई तपाईंकी बहिनीसङ्ग परिचित गराएको छ। उनी के काम गर्छिन भन्ने बारेमा पनि म थाहा पाउन चाहन्छु। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः तपाईंले 'नी मै मै श् चो शन् मो त?' भन्नुपर्छ।
कमलः नी मै मै श् चो शन् मो त?
वर्षाः चिनियाँ भाषामा "तपाईंकी बहिनी हुन्" लाई "नी मै मै श्" भन्नुपर्छ।
कमलः नी मै मै श्
वर्षाः "के काम गर्नु" लाई चिनियाँ भाषामा " चो शन् मो त?" भन्नुपर्छ।
कमलः चो शन् मो त। यदि म कुनै एकजना व्यक्तिको स्वभाव र चरित्रबारे जानकारी लिनचाहन्छु भने अथवा "तपाईंलाई उनी कस्ती लाग्छिन?" भन्नचाहन्छु भने चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः यसरी भन्नुपर्छ- नी च्युए त था चन् मो याँग?
नी च्युए त था चन् मो याँग?
वर्षाः "च्युए त" भन्ने शब्द बोलचालको भाषा हो। त्यसको अर्थ "लाग्नु वा महसूस हुनु" हो।
कमलः च्युए त
वर्षाः "चन् मो याँग" को अर्थ "कस्तो" हो।
कमलः चन् मो याँग
वर्षाः "तपाईंलाई उनी कस्ती लाग्छ?" लाई चिनियाँ भाषामा "नी च्युए त था चन् मो याँग?" भन्नुपर्छ।
कमलः नी च्युए त था चन् मो याँग?
वर्षाः "उनी धेरै सुन्दरी छिन्" लाई चिनियाँ भाषामा "था हन् फ्याओ ल्यांग" भन्नुपर्छ।
कमलः था हन् फ्याओ ल्यांग
वर्षाः "फ्याओ ल्याँग" को अर्थ " सुन्दर" हो।
कमलः फ्याओ ल्याँग
वर्षाः "उनी एकदमै चलाख छिन्" लाई चिनियाँ भाषामा " था थ पे छोंग मिंग" भन्नुपर्छ।
कमलः था थ पे छोंग मिंग
वर्षाः "थ पे" को अर्थ "एकदमै" हो।
कमलः थ पे
वर्षाः "छोंग मिंग" को अर्थ "चलाख" हो।
कमलः छोंग मिंग
वर्षाः उनी एकदमै चलाख छिन्।
था थ पे छोंग मिंग।
कमलः था थ पे छोंग मिंग।
वर्षाः बस। अब हामी फेरि एक पटक अघिल्लो पाठमा सिकेको कुराकानी सुनौं। हेरौं, यो सुनेपछि तपाईंलाई सम्झन कति सजिलो हुन्छ।
महिलाः नी मै मै श् चो शन् मो त?
पुरुषः था श् लाउ श्
पुरुषः नी श् चो शन् मो त?
महिलाः वो श् ची ट्र।
महिलाः नी च्युए त था चन् मो याँग?
पुरुषः था हन् फ्याओ ल्यांग। था थ पे छोंग मिंग।
वर्षाः अब हामी आजको पाठतिर लागौं।
चन् मो ल?
नी पिए चाई शी यान ल।
वो हन् श्याँग च्या।
कमलः नेपालमा अकस्मात कुनै घटना भएमा मानिसहरु " के भयो?" भनेर सोधिहाल्छन। यसरी "के भयो?" भनेर भन्नुपर्दा चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः तपाईंले यसरी भन्नुपर्छ- चन् मो ल?
वर्षाः " चन् मो" को अर्थ " कस्तो वा के" हो।
कमलः चन् मो
वर्षाः "ल" भन्ने शब्दले प्रश्न सोध्ने काम गर्छ।
वर्षाः "के भयो?" चन् मो ल?
वर्षाः अब तलको कुराकानी सुनौं।
खः वो तु च् थङ।
कमलः वर्षाजी, म तपाईसँग एउटा प्रश्न सोधुं? मैले मेरा एकजना चिनियाँ साथीलाई केही समय अघिदेखि निराश भएको जस्तो देखिरहेको छु। उहाँले अहिले आएर खुब चुरोट खानथाल्नुभएको छ। उहाँलाई अब चुरोट नखान अनुरोध गर्न मलाई मन लाग्छ। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः तपाईंले यसरी भन्नुपर्छ- नी पे चाई शी येन् ल।
वर्षाः अब हामी यस वाक्यलाई टुक्र्याएर सिकौं।
"नी" को अर्थ "तपाईं" हो।
कमलः नी
वर्षाः " पे" को अर्थ "नाईं" हो।
कमलः पे
वर्षाः "चाई" को अर्थ "फेरि" हो।
कमलः चाई
वर्षाः "शी येन्" को अर्थ "चूरोट खानु" हो।
वर्षाः "ल" ले यहाँनेर प्रश्नवाचक शब्दको काम गरेको छ। यस वाक्यले अरुलाई सम्झाउने काम गरेको छ।
कमलः ल
वर्षाः तपाईं फेरि चुरोट नखानुहोस्।
नी पे चाई शी येन् ल।
वर्षाः आउनुहोस, हामी अब अभ्यास गरौं-
शी येन्, चुरोट खानु
कमलः शी येन्
वर्षाः "पे चाई शी येन् ल", फेरि चुरोट नखानुहोस्।
वर्षाः नी पे चाई शी येन् ल। तपाईं फेरि चुरोट नखानुहोस्।
वर्षाः अथवा यस वाक्यको कर्ता "नी" नभने पनि वाक्य पूरा हुन्छ।
कमलः "नी" लाई नभनेपछि यसरी भन्नुपर्छ-
पे चाई शी येन् ल।
वर्षाः ठीक। तपाईं यसरी भन्नसक्नु हुन्छ-
पे चाई शी येन् ल। यो वाक्य पनि ठीक छ।
कमलः पे चाई शी येन् ल।
वर्षाः हस। अब हामी सँगसँगै दोश्रो कुराकानी सुनौं।
कमलः तपाईंलाई थाहा छ वर्षाजी, म पैचिंग आएको धेरै भइसक्यो। मलाई मेरा परिवारका सदस्यहरुको निकै याद आइरहेको छ।
वर्षाः विचरा, कमलजी, तपाईं घर नफर्कनुभएको कति भयो?
कमलः दुइ महिना मात्र भएको छ। तर पनि मलाई घरमा रहादाको सुमधुर समयको याद अझै पनि आइरहेको छ। जे भए पनि घरतिरको सम्झनालाई एक छिन एकातिर पन्छाएर अहिले मैले ध्यानपूर्वक चिनियाँ भाषा सिक्नुपर्छ। "मलाई मेरो परिवारका सदस्यहरुको धेरै याद आउँछ" भनेर चिनियाँ भाषामा भन्नुपर्दा कसरी भन्ने?
वर्षाः सुन्नुहोस, यसरी भन्नुपर्छ- वो हन् श्याँग च्या।
वर्षाः " वो" को अर्थ "म" हो।
कमल वो
वर्षाः "हन्" को अर्थ "धेरै" हो।
कमलः हन्
वर्षाः "श्याँग" को अर्थ "सम्झनु" हो।
कमलः श्याँग
वर्षाः "च्या" को अर्थ "घर" हो।
कमलः च्या
वर्षाः यी सबै शब्दलाई जोडेर यसरी भन्नुपर्छ- वो हन् श्याँग च्या।
कमलः वो हन् श्याँग च्या। मलाई मेरो परिवारका सदस्यहरुको धेरै याद आइरहेको छ।
वर्षाः अब आजको अर्को कुराकानी सुनौं
पुरषः वो हन् श्याँग च्या।
वर्षाः पूरा वार्तालाप सुन्नुभन्दा अघि हामी आज सिकेका मुख्य-मुख्य वाक्यहरु दोहर्याएर पढौं। म नेपाली बोल्छु, अनि हेरौं, तपाईं चिनियाँ भाषामा उल्था गर्न सक्नुहुन्छ कि?
कमलः भइहाल्छ नि।
वर्षाः पहिलो वाक्यः 'के भयो?'
कमलः चन् मो ल?
वर्षाः "फेरि चुरोट नखानुहोस्" लाई चिनियाँ भाषामा कसरी भन्ने?
कमलः नी पे चाई शी येन् ल।
वर्षाः ठीक भन्नुभयो। अन्तिम वाक्य- मलाई मेरो परिवारका सदस्यहरुको धेरै याद आइरहेको छ।
कमलः वो हन् श्याँग च्या।
वर्षाः ठिक छ। अब हामी तीनैवटा कुराकानी फेरि सुनौं-
वार्तालाप एक
कः चन् मो ल?
खः वो तु च् थङ
वार्तालाप दुइ
महिलाः नी पे चाई शी येन् ल।
पुरुषः वो ट् ताउ यौ हाई चेन् खाँग।
वार्तालाप तीन
महिलाः नी चाई श्वे श्याओ हाई हाउ मा?
पुरुषः वो हन् श्यांग च्या।
वर्षाः अब आजको कार्यक्रमको अन्तिम भाग अर्थात् "चिनियाँ संस्कृतिका एक झलक" तिर लागौं।
कमलः यो पनि मलाई मन पर्ने भाग हो नि।
वर्षाः ठीक छ। श्रोताहरुलाई पनि मन पर्ने भाग हुनसक्छ यो। सुनाउनुहोस न, श्रोताहरुलाई।
कमलः ठीक छ, सुनाउँछुः
कुनै एउटा घर-परिवारमा कसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरामा चीन र पश्चिमी मुलुकहरुबीच ठूलो अन्तर छ। चीनको परम्पराअनुसार, घरका सबैभन्दा पाका मानिसले घर-परिवारमा अह्राउने-खटाउने जिम्मेवारी वहन गरिरहेका हुन्छन। तर हाल चीनमा परिवार साना छन, तीनजना मात्र सदस्य भएका। त्यसैले एक मात्र छोरा वा छोरी हुने धेरैजसो चिनियाँ परिवारमा तीनीहरुलाई नै प्रायजसो ती परिवारका केन्द्र बनाइएको हुन्छ। सिंगै घर-परिवार त्यस वालक वरिपरि घुमिरहन्छ। अझ कहाँसम्म भने, तीमध्येका धेरै वालकहरु अतिसय मायाका कारण परिवारका "सानो राजा" बनेका हुन्छन। सबैभन्दा माथि हजुर-बुबा-आमा र तल नाती-नातिनी रहेको अवस्थामा बीचमा रहेका आमा-बाबुसङ्गको सम्बन्धलाई कहिलेकाहीं बेवास्ता गरिएको पनि देखिन्छ। यस्तो अवस्थामा अहिलेआएर झन-झन बढी घर-परिवारले यस समस्यालाई बुझेर यस्तो स्थितिमा सुधार गरिरहेको देखिन्छ।
वर्षाः आज हामीले धेरै कुरा सिक्यौं। अब अन्त्यमा सधैं झैं आज पनि म तपाईंहरुका लागि एउटा प्रश्नका साथ विदा माग्नचाहन्छु।
"के भयो?" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
कमलः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने हामीलाई आफ्नो जवाफ इ-मेलमार्फत पठाउनु होला। हाम्रो इ-मेल ठेगाना हो- Nepali service, CRI-6,China Radio International ,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405
वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला।
वर्षाः कार्यक्रमका बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस। नमस्कार, म वर्षाको, चाई चेन।
कमलः म कमल लम्सालको पनि नमस्कार, चाई चेन।