नेपाली

पाठ एक

cri2014-01-28 09:46:22

तपाईंहरु सबैलाई, कार्यक्रम"दैनिक जीवनको चिनियाँ भाषामा"! म तपाईंहरुको यस कार्यक्रम सञ्चालिका वर्षा।

कमलः सबैलाई नमस्कार। म कमल लम्साल। म चीनमा बसेको चार वर्ष पुगिसकेको छ। तर, दुर्भाग्यवश, मेरो चिनियाँ भाषाको स्तर प्राथमिक तहकै छ। त्यसैले तपाई-हामी सबै चिनियाँ भाषा सिक्ने शुरुकै अवधिमा छौं।

वर्षाः म तपाईं श्रोताहरुलाई, सर्वप्रथम के जानकारी दिनचाहन्छु भने, कमलजीले भनेजस्तै, हामी तपाईंहरुलाई शुरुमा भाषा सिक्ने बेला बोलिने प्रारम्भिक चिनियाँ भाषा सिकाउने छौं। त्यसैले, कमलजी, सर्वप्रथम तपाईंलाई के सिक्नु आवश्यक छ?

कमलः मेरो विचारमा, सर्वप्रथम सिक्नुपर्ने कुरा अभिवादन नै हो। कुनै मानिसलाई भेट्दा चिनियाँ भाषामा कसरी अभिवादन गर्ने भन्ने कुरा नै आजको विषय बनाउँ न।

वर्षाः ठीक छ। आउनुहोस, अब हामी आजको पाठतिर लागौं।

कः नमस्कार

खः तपाईंको नाम के हो?

गः यो मेरो व्यावसायिक कार्ड।

घः लामो समयसम्म भेट भएको छैन, हाम्रो।

वर्षाः यहीं हो आजको पाठ। चिनियाँ भाषामा नमस्कार भन्ने वा अभिवादन गर्ने धेरै तरिका छन। तीमध्ये सबैभन्दा चलनचल्तीको लोकप्रिय तरिका हो नि हाउ भन्नु।

वर्षाः यस वाक्यमा नि को अर्थ तिमी र हाउको अर्थ राम्रो हो। श्रोताहरु, नि तेश्रो टोनको शब्द भए पनि यस वाक्यमा यो शब्द दोश्रो टोनमा उच्चारित हुन्छ। यसको कारण के भने चिनियाँ भाषामा दुइवटा तेश्रो टोन सँगै आएमा पहिलो तेश्रो टोन दोश्रोमा परिणत हुन्छ। यो नि हाउ भन्ने वाक्यलाई कुनै पनि समय, अवसर र कुनै पनि मानिसद्बारा प्रयोग गर्नसकिन्छ।

कमलः यस वाक्यलाई परिचित-अपरिचित सबै मानिसका सन्दर्भमा उपयोग गर्नसकिन्छ।

वर्षाः कमलजी, कसैले तपाईंलाई नि हाउ भन्यो भने कसरी जवाफ दिने, थाहा छ?

कमलः यो नेपालीमा जस्तै सरल छ। उदाहरणका लागि, कसैले तपाईलाई नमस्कार भन्यो भने तपाईं पनि नमस्कार भन्नुहुन्छ। त्यस्तै कसैले मलाई नि हाउ भन्यो भने म पनि नि हाउ भनेर जवाफ दिन्छु।

वर्षाः ठीक छ। सजिलो छ। खाली दोहर्‍याउने मात्र। नि हाउ। मसँगै भन्नुहोस। नि हाउ। एक छिन पर्खिनुहोस। अब भन्नुहोस।

कमलः नि हाउ

वर्षाः ठीक छ। हामीले यहाँ केही व्याकरणका कुराहरु गर्‍यौं। आउनुहोस, फेरि यो वार्तालाप सुनौं।

वार्तालाप एकः

कमलः यो त बुझियो। अब, अभिवादनपछि त्यस मानिसको अथवा कसैको नाम सोध्नुपर्‍यो भने कसरी सोध्ने नि?

वर्षाः यसरी सोध्ने- नि च्याव शम मिङ च?

वर्षाः नि भनेको तिमी

कमलः नि

वर्षाः च्याव भनेको बोलाउनु अर्थात भन्नु

कमलः च्याव

वर्षाः शम भनेको के

कमलः शम

वर्षाः मिङ च भनेको नाम

कमलः मिङ च

वर्षाः नि च्याव शम मिङ च?

कमलः नि च्याव शम मिङ च?

वर्षाः ठीक छ। कृपया तलको वार्तालाप ध्यानपूर्वक सुन्नुहोस।

वार्तालाप दुइः

वर्षाः यस वार्तालापबाट केही भिन्नता पत्ता लगाउनुभयो तपाईंले कमलजी?

कमलः अँ...मेरो विचारमा, भिन्नता उत्तरमा छ। नि च्याव शम मिङ च? को उत्तर दिंदा तपाईं व च्याव पछि आफ्नो नाम थप्नसक्नुहुन्छ अथवा खाली नाम मात्र भन्नु भए पनि हुन्छ।

वर्षाः तपाईं एकदम चलाख हुनुहुन्छ। तपाईंलाई यसवापत एक अङ्क दिने! यसको उत्तर सजिलो भएकाले आउनुहोस हामी प्रश्नको अभ्यासतिर बढी ध्यान दियौं। नि च्याव शम मिङ च?

कमलः नि च्याव शम मिङ च? तपाईंको नाम के हो?

वर्षाः चीनमा आजकाल, मानिसहरु एक-अर्कासित भेट हुँदा धेरैजसो ब्यापारिक कार्डहरुको आदान-प्रदान गर्नेगर्दछन। त्यस्ता ब्यापारिक कार्ड दिने बेलामा तपाईं भन्नसक्नुहुन्छः ट्र श व त मिङ फेन। यो भनेको 'यो मेरो नाम कार्ड हो'भनेको हो।

कमलः ट्र श व त मिङ फेन। मिङ फेन भनेको के हो? नाम कार्ड?

वर्षाः हो। नाम कार्ड अर्थात ब्यापारिक कार्ड। जे भने पनि हुन्छ।

वर्षाः अनि च भनेको यो हो।

कमलः ट्र

वर्षाः श भनेको हो।

कमलः श

वर्षाः व त भनेको मेरो हो। व त

कमलः व त

वर्षाः ट्र श व त। यसको भावार्थमा'यो मेरो' भनिएको हो।

कमलः ट्र श व त।

वर्षाः मिङ फेन, नाम कार्ड।

कमलः मिङ फेन

वर्षाः अब आउनुहोस, छोटो वार्तालाप सुनौं।

वार्तालाप तीन

खः शे शे, धन्यवाद।

कः हाउ च्यू पु चेन। नि हाउ मा? भेट नभएको धेरै भयो। तपाईंलाई आराम छ?

खः व हाउ द। शे शे। मलाई ठीक छ। धन्यवाद।

वर्षाः यो मेरो नाम कार्ड। ट्र श व त मिङ फेन।

कमलः ट्र श व त मिङ फेन।

वर्षाः मिङ फेन। नाम कार्ड।

कमलः मिङ फे।

वर्षाः अब अर्को वाक्यतिर लागौं। उदाहरणका लागि, तपाईंका साथीसङ्ग तपाईको भेट नभएको धेरै भैसकेको छ। कुनै बेला अकस्मात भेट भएपछि तपाईं नेपाली भाषामा के भन्नुहुन्छ?

कमलः सजिलो कुरा। 'कति भयो है भेट नभएको' भन्छौं।

वर्षाः चिनियाँ भाषामा यसलाई हाउ च्यू पु चेन भनिन्छ।

कमलः हाउ३ च्यू३ पु चेन।

वर्षाः अब हामी यसलाई शब्द शब्द अनुवाद गरेर हेरौं। हाउ च्यू३, धेरै लामो समय

कमलः हाउ च्यू३

वर्षाः पु, नकारात्मक अर्थमा होइन, छैन भन्दा।

कमलः पु

वर्षाः चेन भनेको देख्नु

कमलः चेन

वर्षाः भेट नभएको कति भयो है। हाउ च्यू पु चेन। अब यो तेश्रो वार्तालाप एक पटक फेरि सुनौं।

वार्तालापः

कः यो मेरो नाम कार्ड

खः धन्यावद

कः कति भयो है भेट नभएको। तपाईंलाई सञ्चै छ?

खः मलाई ठीकै छ। धन्यवाद।

वर्षाः यो हाम्रो अन्तिम वार्तालाप थियो। यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्बारा सञ्चालित "दैनिक जीवनको चिनियाँ भाषा"कार्यक्रम हो। यस पाठमा यस अघि हामीले सुनेका सबै वार्तालापहरु एक पटक फेरि सुन्नुअघि आउनुहोस, एक्कै छिन आज हामीले के सिक्यौं त्यसको सिंहावलोकन गरौं। हामीले चिनियाँ भाषामा नमस्कार कसरी भन्ने कुरा सिक्यौं। त्यसलाई चिनियाँ भाषामा नि हाउ भनिन्छ।

कमलः नि हाउ।

वर्षाः तपाईंको नाम के हो? नि च्याव शम मिङ च?

वर्षाः हामीले आ-आफ्ना नाम कार्ड एक-अर्कालाई दिंदा भनिने वाक्य पनि सिक्यौं, ट्र श व त मिङ फेन।

कमलः ट्र श व त मिङ फने। यो मेरो नाम कार्ड हो।

वर्षाः अनि हामीले भेट नभएको कति भयो है भनेर चिनियाँ भाषामा कसरी भन्ने भन्ने कुरा पनि सिक्यौं। हाउ च्यू पु चेन।

कमलः हाउ च्यू पु चेन।

वर्षाः अब हामी आजको पूरा वार्तालाप सुनौं।

पूर्ण वार्तालापः

वार्तालाप एक-

कः नि हाउ

खः नि हाउ

कः निन हाउ

खः निन हाउ

वार्तालाप दुइ-

खः व च्याव वाङ लुङ

कः नि च्याव शम मिङ च?

खः ल्यू लू

वार्तालाप तीन-

कः ट्र श व त मिङ फेन।

खः शे शे।

कः हाउ च्यू पु चेन। नि हाउ मा?

खः व हाउ द। शे शे।

वर्षाः हरेक कार्यक्रमको अन्त्यमा हामीले चिनियाँ संस्कृतिका बारेमा संक्षिप्त जानकारी दिनेगरेका छौं। यसमा हामी तपाईंहरुलाई चिनियाँ संस्कृतिका विशेष पक्षबारे सुनाउने छौं। यसबाट तपाईंहरुलाई सांस्कृतिक विविधताबारे केही जानकारी हुनेछ।

कमलः आजको चिनियाँ सस्कृतिका बारेमा संक्षिप्त जानकारीमा हामी श्रोताहरुसामु के प्रस्तुत गर्दैछौं?

वर्षाः यसका लागि प्राध्यापक ल्यू के भन्नुहुन्छ, सुनौं।

चिनियाँ संस्कृतिको विशेषताको अनुभव तपाईंले पहिले पनि गरिसक्नुभएको होला। कुनै मानिस नि हाउ का लागि निन हाउ३ भन्दछन। यसमा जान्नुपर्ने कुरा भनेको, आफू समानका अर्थात समान उमेर र समान सामाजिक प्रतिष्ठा भएका मानिसहरुलाई अभिवादन गर्दा नि हाउ भनिन्छ। तर आफूभन्दा वरिष्ट मानिसलाई भेट्दा निन हाउ भन्नुपर्छ। निन निको नम्र भाव हो। अथवा निन भनेर अरुप्रति सम्मान प्रकट गरिन्छ। यसरी निन हाउ बढी औपचारिक र आदरार्थी वाक्याङ्श हो।

कमलः धन्यवाद, प्राध्यापक ल्यू। आजको कार्यक्रमका लागि यत्ति पर्याप्त छ।

वर्षाः हो। तपाईंले ठीक भन्नुभयो। आजको कार्यक्रमबाट विदा लिनुअघि तपाईंहरुका लागि हामीसङ्ग एउटा प्रश्न छ। लामो समयसम्म भेट नभएका मानिससँग भेट भएपछि भनिने वाक्य 'भेट नभएको कति भयो है!'लाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

Close
Messenger Pinterest LinkedIn