नेपाली

पाठ पाँच

cri2014-01-28 10:37:05

कमलः यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता-मित्रहरु, नमस्कार। म कमल लम्साल।

वर्षाः श्रोताहरु नमस्कार। म बर्षा। अघिल्लो पाठमा हामीले मुख्यतया विदा हुनेसम्बन्धी शब्द तथा वाक्यबारे सिकेका छौं। अब हामी एक पटक यसबारे पुनरावलोकन गरौं।

कमलः हवस त। "अब अबेला भयो, हामीले जानुपर्छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने? मैले अलि बिर्सेँ।

वर्षाः ध्यानपूर्वक सुन्नुहोस् हैः श चेन पु चाउ ल। वो मन काई चौ ल।

कमलः अब बुझेँ। श चेन पु चाउ ल। वो मन काई चौ ल।

वर्षाः "श चेन" भनेको समय।

कमलः श चेन।

वर्षाः "पु चाउ ल" भनेको अबेला भयो।

कमलः पु चाउ ल।

वर्षाः "वो मन" को अर्थ हामी हो।

कमलः वो मन।

वर्षाः "काई चौ ल" भनेको जानुपर्छ।

कमलः काई चौ ल।

वर्षाः श चेन पु चाउ ल, वो मन काई चौ ल।

कमलः श चेन पु चाउ ल, वो मन काई चौ ल। अब अबेला भयो, हामीले जानुपर्छ।

वर्षाः चिनियाँ भाषामा फेरि भेटौंला भन्नुपर्दा चाई चेन भनिन्छ।

कमलः चाई चेन।

वर्षाः ठीक छ। अनि चिनियाँ भाषामा 'ख्याल राख्नोस' कसरी

भनिन्छ?

कमलः मेरो विचारमा '"तुओ पाउ ट्रोंग' अथवा 'पाउ ट्रोंग' भन्नुपर्छ।

वर्षाः एकदम ठीक। मेरो अन्तिम प्रश्न छः "सम्पर्क गर्दैरहनु" भन्ने वाक्याङ्शलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः मेरो विचारमा, त्यो भनेको 'पाउ ठ् लेन शी' हो। "पाउ ठ्" को अर्थ कायम अथवा जारी हो।

वर्षाः तपाईंले राम्ररी याद गर्नुभएको छ।

कमलः धन्यवाद। अब हामी अघिल्लो पाठको वार्तालाप सुनौं।

पाहुनाः श चेन पु चाउ ल, वो मन काई चौ ल।

घरपटीः ह्वान यिङ यि हौ ठ्रँङ लाई।

पाहुनाः शे शे ट्राउ ताई। चाई चेन।

कः वो मन ह्वै छ्यु ल।

खः वो सुंग सुंग नि मन।

कः तुओ पाउ ट्रोंग।

वार्तालाप तीन

कः ह्वै छ्यु पा। यौ खुंग कै वो ता तेन व्हा।

खः पाउ ठ् लेन शी। तुओ पाउ ट्रोंग।

वर्षाः अब हामी आजको मुख्य वाक्य सुनौं है त।

कः हुन्छ। नि नंग पांग वो यि क मांग मा?

खः तांग रान ख यि।

कः नंग पांग वो ट्राउ ट्राङ श्याँग मा?

कमलः बजारमा होस् वा बैंकमा होस् वा रेस्ट्रुरांमा होस्, धेरै समय हामी अरुको सहयोग चाहन्छौं। नेपाली भाषामा हामी "मलाई सहयोग गर्नसक्नु हुन्छ कि?" भन्छौं। चिनियाँ भाषामा यसलाई कसरी भनिन्छ?

वर्षाः हामी "नंग पांग वो यि क मांग मा?" भन्नसक्छौं।

कमलः यो वाक्य अलि लामो छ। यसलाई केही भागमा विभाजित गरेर सिकानुहुन्छ कि?

वर्षाः हुन्छ। सर्वप्रथम "नि" भनेको तपाईं वा तिमी।

कमलः नि।

वर्षाः "नंग" को अर्थ सक्नु हो।

वर्षाः "पांग वो" भनेको मलाई सहयोग गर्नु।

कमलः पांग व।

वर्षाः "पांग" को अर्थ सहयोग गर्नु हो।

वर्षाः "वो" भनेको म।

वर्षाः त्यसैले "पांग वो" भनेको मलाई सहयोग गर्नु हो।

कमलः पांग वो।

वर्षाः "यि क" भनेको एक हो।

वर्षाः "यि" को अर्थ एक हो। यहाँ "क" एउटा परिमाणबोधक शब्द हो।

कमलः यि क।

वर्षाः ठीक छ। "मांग" भनेको सहयोग हो।

कमलः मांग।

वर्षाः "मा" भन्ने शब्द वाक्यलाई प्रश्नवाचक बनाउँदा प्रयोग गरिन्छ।

कमलः मा।

वर्षाः अब यो पूरै वाक्य सुन्नुहोस्। नि नंग पांग वो यि क मांग मा?

वर्षाः राम्रो छ। तलको वार्तालापमा लि लिले आफूलाई सहयोग गर्न आफ्ना सहकर्मीसित अनुरोध गर्नेछिन। उनले यो वाक्य कसरी भनेकी छन, तपाईं ध्यानपूर्वक सुन्नुहोस है।

वर्षाः "मलाई सहयोग गर्नुहुन्छ कि?" भन्ने वाक्य चिनियाँ भाषामा

कसरी भन्ने कुराबारे अब तपाईं स्पष्ट हुनुभयो कि?

वर्षाः राम्रो छ। अब यो वाक्य पुनः एक पटक सुन्नुहोस्। नि नंग पांग वो यि क मांग मा?

कमलः नि नंग पांग वो यि क मांग मा? मलाई सहयोग गर्नुहुन्छ कि?

वर्षाः "पांग मांग" भनेको सहयोग गर्नु हो।

कमलः पांग मांग।

वर्षाः "पांग वो यि क मांग" भनेको मलाई सहयोग गर्नुहोस् हो।

कमलः पांग वो यि क मांग।

वर्षाः तपाईं मलाई सहयोग गर्नुहुन्छ कि? नि नंग पांग वो यि क मांग मा?

कमलः नि नंग पांग वो यि क मांग मा?

वर्षाः यसको उत्तर सकारात्मक भएमा चिनियाँ भाषामा '"तांग रान ख यि' भनिन्छ।

कमलः तांग रान ख यि।

वर्षाः "तांग रान" भनेको अवश्य हो।

कमलः तांग रान।

वर्षाः "ख यि" भनेको हुन्छ।

कमलः ख यि।

वर्षाः तांग रान ख यि।

कमलः तांग रान ख यि। अवश्य हुन्छ।

वर्षाः अब हामी आजको पहिलो वार्तालाप पुनः एक पटक सुनौं।

वार्तालाप एक

महिलाः नि नंग पांग वो यि क मांग मा?

पुरुषः तांग रान ख यि।

कमलः बर्षाजी, कहिलेकाहीं म पार्कमा घुम्दा फोटो खिच्नका लागि मलाई सहयोग गर्न केही चिनियाँ मित्रसित अनुरोध गर्नुपर्ने हुन्छ। यस्तो वाक्य चिनियाँ भाषामा कसरी बनाउने?

वर्षाः त्यति बेला तपाईंले "नंग पांग वो ट्राउ ट्रांग श्याङ मा?" भन्नुपर्छ।

कमलः नंग पांग वो ट्राउ ट्रांग श्याङ मा?

वर्षाः नंग।

कमलः नंग।

वर्षाः पांग।

कमलः पांग।

वर्षाः वो।

कमलः वो।

वर्षाः ट्राउ श्यांग।

कमलः ट्राउ श्यांग।

वर्षाः यस वाक्यमा हामीले परिमाणबारे चर्चा गर्दा "ट्राङ" भन्ने शब्दको प्रयोग गरेका छौं।

कमलः ट्राङ ।

वर्षाः ट्राउ ट्राङ श्यांग।

कमलः ट्राउ ट्राङ श्यांग।

वर्षाः नंग पांग वो ट्राउ ट्राङ श्यांग मा?

कमलः नंग पांग वो ट्राउ ट्राङ श्यांग मा?

वर्षाः हुन्छ। अब हामी आजको दोस्रो वार्तालाप सुनौंला।

वार्तालाप दुई

महिलाः नंग पांग वो ट्राउ ट्राङ श्यांग मा?

पुरुषः मै वन थि।

कमलः हामीले कहिलेकाहीं अरुलाई सहयोग गर्नुपर्छ। नेपाली भाषामा हामीले "म तपाईंलाई सहयोग गर्नसक्छु?"भन्दछौं। चिनियाँ भाषामा यसलाई कसरी भनिन्छ?

वर्षाः यसका लागि, आउनुहोस, तलको वार्तालाप सुनौं।

वार्तालाप तिन

महिलाः वो नंग पांग ट्रु नि मा?

पुरुषः वो त श्याङ च् पु चेन ल।

महिलाः पे ट्राउ चि। वो पांग ट्रु नि ट्राउ।

पुरुषः नि ट्रन हाउ। शे शे।

वर्षाः हस्त, अब हामी चिनियाँ संस्कृतिबारे संक्षेपमा जानकारी हासिल गरौं।

कमलः छिमेकीपन चीनको सामाजिक सम्बन्धमा रहने एउटा महत्वपूर्ण भाग हो। उदाहरणका लागि, श्रीमान र श्रीमतीबीच झगडा भएका बेला छिमेकीले मिलाउने गर्दछन। र कुनै दम्पत्ति दुबैले काम गर्नुपर्छ, त्यसैले उनिहरु त्यति बेला आफ्ना छोरा-छोरीको हेरचाह गरिदिन छिमेकीसँग अनुरोध गर्नसक्छन। हाल झन-झन बढी बासिन्दाहरु आवास भवनमा बसिरहेकाले एउटै भवनमा बस्ने छिमेकीहरु पनि सधैं एक-अर्कालाई चिन्दैनन। केही बासिन्दा, र विशेष गरी, केही बुढा-बुढीले छिमेकीबीचको वर्तमान सम्बन्ध पहिलेजस्तो निकट नभएको ठहर गरेका छन। तर हाल छिमेकीहरुले नयाँ तरिकामार्फत आदान-प्रदान गर्नथालेका छन। उदाहरणका लागि, केही आवास क्षेत्रका बासिन्दाहरुले इन्टर्नेटमार्फत सूचनाको आदान-प्रदान गरी आपसी सम्बन्धको भावनालाई विकसित पार्दैगएका छन।

वर्षाः श्रोता-मित्रहरु, आजको कार्यक्रम यहीं पूरा हुन्छ। कार्यक्रमको अन्त्यमा अब तपाईंहरुका लागि एउटा सानो प्रश्न।

कमलः "मलाई सहयोग गर्नुहुन्छ कि?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

वर्षाः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service,

CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

कमलः यो कार्यक्रमबारे अझ बढी जानकारी लिन मन छ भने https://nepal.cri.cn मा लग गर्नुहोस्। हवस त श्रोताहरु अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।

वर्षाः चाई चेन।

Close
Messenger Pinterest LinkedIn