पाठ उनन्चास
आकस्मिक उपचार
वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।
कमलः नमस्कार सबैलाई। म कमल लम्साल।
वर्षाः गत पाठमा हामीले औषधी पसलमा करसी औषधी किन्ने भन्ने विषयबारे सिकाएका थियौं। अब हामी ती विषयहरु दोर्याएर सिकौं-
कमलः हस।
वर्षाः पहिलो वाक्यः "च्वै चिन वो या थंग"।, "पछिल्लो समयमा मेरो दाँत दुख्नथालेको छ"।
कमलः च्वै चिन वो या थंग।
वर्षाः च्वै चिन", "हालै" ।
कमलः च्वै चिन।
वर्षाः "वो या थंग", , "मेरो दाँत दुख्छ"।
कमलः वो या थंग।
वर्षाः च्वै चिन वो या थंग।
कमलः "च्वै चिन वो या थंग"।, "पछिल्लो समयमा मेरो दाँत दुख्नथालेको छ"।
वर्षाः "यिंग काई ठ् शन मो याउ नाई?", "म कुन औषधी खाउँ त?"
कमलः यिंग काई ठ् शन मो याउ नाई?
वर्षाः "यिंग काई", "आवश्यक"।
कमलः यिंग काई।
वर्षाः "नी श् श् ट्र ट्रोंग याउ"।, "तपाईं यो औषधी खाएर हेर्नुहोस्।
कमलः नी श् श् ट्र ट्रोंग याउ।
वर्षाः "ट्र ट्रोंग याउ", "यस किसिमको औषधी"।
कमलः ट्र ट्रोंग याउ।
वर्षाः ट्र ट्रोंग याउ श्याओ को पु छ्वो।
कमलः "ट्र ट्रोंग याउ श्याओ को पु छ्वो"।, "यस औषधीले एकदमै फाइदा गर्छ"।
वर्षाः "श्याओ को पु छ्वो", "असर राम्रो छ"।
कमलः श्याओ को पु छ्वो।
वर्षाः अब अघिल्लो पाठको पूरा वार्तालाप सुनौं।-
कः च्वै चिन वो या थंग"।
खः शन मो श् हौ खाई श् त?
कः छेन थेन।
कः यिंग काई ठ् शन मो याउ नाई?
खः नी श् श् ट्र ट्रोंग याउ।
कः शिंग।
कः ट्र ट्रोंग याउ श्याओ को पु छ्वो।
खः यौ फु च्वो योंग मा?
कः मै शन मो फु च्वो योंग।
कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।
आजका मुख्य विषयहरुः
ख्वाई च्याओ च्यौ हू ठ्र।
था लिउ ल हेन त्वो शे।
मै यौ शंग मिंग वै शेन पा?
च्वै हाउ ट्रु युआन कुआन ठ्रा ची थेन।
कमलः दैनिक जीवनमा कहिलेकाहीं जरुरी अवस्था आउनसक्छ। हामी सडकमा सवारी दुर्घटना भएको कल्पना गरौं।
वर्षाः हुन्छ।
कमलः यदि कुनै एकजना मानिस सवारी दुर्घटनामा परेमा वा अरु कुनै आकस्मिक घटनाका कारण जरुरी उद्धार कार्य गर्नुपर्दा, अर्थात 'छिटो आकस्मिक वाहन बोलाउनुहोस' भन्नुपर्दा कसरी भन्नुपर्छ?
वर्षाः यसलाई चिनियाँ भाषामा "ख्वाई च्याओ च्यौ हू ठ्र" भन्नुपर्छ।
वर्षाः "च्याओ"को अर्थ "बोलाउनु हो"।
वर्षाः "च्यौ हू", "बचाउनु"।
कमलः च्यौ हू।
वर्षाः "ठ्र"को अर्थ "गाडी" हो।
कमलः ठ्र।
वर्षाः "च्यौ हू ठ्र", "आकस्मिक गाडी"।
वर्षाः ख्वाई च्याओ च्यौ हू ठ्र।
कमलः "ख्वाई च्याओ च्यौ हू ठ्र"।, "चाँडै आकस्मिक गाडी बोलाऊ"।
वर्षाः "ख्वाई", "छिटो"।
कमलः ख्वाई।
वर्षाः "च्याओ", "बोलाउनु"।
कमलः च्याओ।
वर्षाः "च्यौ हू ठ्र", "एम्बुलेन्स"।
कमलः च्यौ हू ठ्र।
वर्षाः "ख्वाई च्याओ च्यौ हू ठ्र"।, "चाँडै आकस्मिक गाडी बोलाऊ"।
वर्षाः म अझै तपाईंलाई के कुरा बुझाउनचाहन्छु भने, चिनियाँ भाषामा भाववाचक वाक्यको उपयोग सराहना, आश्चर्य र रोष जस्ता भाव अभिव्यक्त गर्नका लागि गरिन्छ। यस्तो वाक्यको अन्त्यमा अ, आ वा नाई जस्ता भाववाचक सहायक शब्दको प्रयोग गरिन्छ। उदाहरणका लागि, "यौ रेन शौ शाँग ल"। तर कहिलेकाहीं भाववाचक सहायक शब्दको प्रयोग नगरे पनि हुन्छ। जस्तो कि "ख्वाई च्याओ च्यौ हू ठ्र"।
कमलः ख्वाई च्याओ च्यौ हू ठ्र।
कमलः "उनको शरिरबाट धेरै रगत बगेको छ" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
कमलः था लिउ ल हेन त्वो शे।
वर्षाः "था", "उ वा उनी"।
कमलः था।
वर्षाः "लिउ", "बग्नु"।
कमलः लिउ।
वर्षाः "ल" क्रियाको पछाडि राखेर एक क्रिया सकिएको अर्थ बुझाउने सहायक शब्द हो।
कमलः ल
वर्षाः "हेन त्वो", "धेरै"।
कमलः हेन त्वो।
वर्षाः "शे", "रगत"।
कमलः शे।
वर्षाः था लिउ ल हेन त्वो शे।
कमलः "उनको शरिरबाट धेरै रगत बगेको छ", "था लिउ ल हेन त्वो शे"।
कमलः दुर्घटनामा परेको मानिसको अवस्था कस्तो छ? ज्यान त खतरामा छैन? भनेर सोध्नुपर्दा कसरी सोध्ने?
वर्षाः तपाईं यसरी सोध्नसक्नुहुन्छ- "मै यौ शंग मिंग वै शेन पा?"
कमलः मै यौ शंग मिंग वै शेन पा?
वर्षाः "मै यौ", "छैन"।
वर्षाः "शंग मिंग", "प्राण वा ज्यान"।
कमलः मै यौ।
वर्षाः "वै शेन", "खतरा"।
कमलः वै शेन।
वर्षाः "पा" सहायक शब्द हो।
कमलः पा।
वर्षाः मै यौ शंग मिंग वै शेन पा? ज्यानको खतरा त छैन?
कमलः "मै यौ शंग मिंग वै शेन पा? "
वर्षाः अब हामी आजका सबै वार्तालाप सुनौं-
वार्तालाप एक
कः यौ रन शौ शाँग ल।
वार्तालाप दुइ
कः था लिउ ल हेन त्वो शे।
खः ख्वाई च्याओ च्यौ हू ठ्र।
वार्तालाप तीन
कः मै यौ शंग मिंग वै शेन पा?
खः पु याओ चिन, च्वै हाउ ट्रु युआन कुआन ठ्रा ची थेन।
कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयो होला भन्ने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।
कुनै-कुनै मानिसले चिनियाँ जरीबुटी औषधीबाट ढीलो गतिमा फाइदा हुनसक्ने र दीर्घकालीन रोगको मात्र उपचार गर्नमा काम लाग्ने ठहर गरेका छन। वास्तवमा, चिनियाँ जरीबुटी औषधीले जरुरी उपचार गर्ने दिशामा पनि निकै ठूलो भूमिका निर्वाह गर्नसक्छ। चीनका प्रख्यात प्राचीन चिकित्सा पुस्तक "व्हाँग ती नै चिंग", "हैजाबारेको विवरण" र "जरुरी प्रेस्क्रिपशन" मा चिनियाँ चिकित्साद्बारा जरुरी उपचारसम्बन्धी विषयहरु उल्लेख गरिएको छ। चिनियाँ चिकित्साद्बारा जरुरी उपचार गर्ने पद्धति धेरै किसिमका छन। जस्तो कि, सियो घोच्ने, छाला ताछ्ने, मर्केको हाडलाई सुल्ट्याउने, मालिस गर्ने र चिमोठ्ने आदि पद्धति निकै प्रचलित छन। अहिले फेरि त्यसमा आधुनिक पद्धति र मुखमा हालेर चुस्ने चक्की पनि थपिएको छ। आकस्मिक मुटु रोग लागेको विरामीलाई मुखमा एउटा सु श्याओ च्यौ शिन वुआन अर्थात मुटुलाई वेगसित बचाउने डल्ली हालेर चुस्न दिए हुन्छ। अकस्मात चेतना हराएको मानिसको नाक र मुखबीचमा रहेको "रेन चोंग" प्वाइन्ट बेस्सरी थिचेर बचाउनसकिन्छ। यो सबै कुरा सर्वविदितै कुरा हो।
वर्षाः हवस, आजको कक्षा यति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "आकस्मिक गाडी बोलाऊ" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।