चित्रजस्तै लाग्ने पहाड-पर्वत
CRI2024-10-10 16:13:37
शरद ऋतुको रमणीय वातावरणमा छोङ छिङ शहरको मिओ जातिय स्वायत्त जिल्लाको एक ग्रामीण क्षेत्रमा बिहान सबेरै पहाडहरूलाई कुहिरोले घेरेका छन्। सुन्दर चित्रजस्तै भूमिको रङ्ग हलुका निलो देखिएको छ भने सूर्यको चमकसँगै गाउँ रङ्गीन बनेको छ। शरद ऋतु सँगसँगै उक्त क्षेत्र निकै सुन्दर देखिएको छ।