नेपाली

१० वर्षदेखि सी चिनफिङले गरिरहनुभएको यो काम

CRI2022-04-01 16:32:08

चिनियाँ नेता सी चिनफिङले बितेका १० वर्षमा निरन्तर रूपमा यो काम गरिरहनुभएको छ जसबाट आकाशलाई निलो बनाउने, पहाडलाई हरियो बनाउने र पानीलाई स्वस्छ बनाउने गरिन्छ। यो काम वृक्षारोपन नै हो। चालू वर्षको चिहान सफा गर्ने दिनअघि चिनियाँ नेता सी चिनफिङले फेरि एक पटक वृक्षारोपन कार्यक्रममा भाग लिनुभयो र सर्वसाधारणहरूलाई हरित विकास गर्न प्रोत्साहन गर्नुभयो।

वास्तवमा हरित विकासको प्रवर्द्धन तथा मानव र प्रकृति बीचको मेलमिलापयुक्त सह-अस्तित्व भन्ने हरित संरक्षण विचारलाई नै चीनको राष्ट्रिय चौधौँ पञ्च वर्षिय योजना तथा २०३५ भावी लक्ष्य कार्यक्रम लगायतका राष्ट्रिय विकास रणनीतिमा पनि समावेश गरिसकेको छ। चीनमा हरित वातावरणीय संरक्षण विकास भन्ने विचार पनि दिनप्रतिदित सर्वसाधारणको मनमा बस्न थालेको छ।

Close
Messenger Pinterest LinkedIn