नेपाली

यातायातमा सम्पन्न समाज

cri2021-07-05 11:25:58

जुलाई १ तारिख आयोजित चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा चिनियाँ सर्वोच्च नेता सी चिनफिङले चीनमा सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने घोषणा गर्नुभएको छ। सम्पन्न समाज कस्तो छ त? यो जवाफ चिनियाँहरूको पोशाक, खानपान, आवास र यातायातबाट पाउनसकिन्छ।

जुन २५ तरिख बिहान साढे १० बजेबाट ल्हासा रेलवे स्टेशनबाट लिन्ची जाने फुसिङ हाउ रेलको आरम्भ भएको छ। ४३५ किमी लामो ल्हासा-लिन्ची रेलयात्राको गति प्रतिघण्टा १६० किमी छ। यस रूट संचालनमा आएपछि ल्हासा-ल्होका र ल्हासा-लिन्चीको यात्रा छिटोमा १ घण्टा १० मिनेट र ३ घण्टा २९ मिनेट भएको छ।

ल्हासा-लिन्ची रेल छिङहाइ-तिब्बत पठारभूमिमा अवस्थित कैलाश पर्वत र हिमालय बीचको उपत्यकामा परेकोले ९० प्रतिशतको भाग समुद्र सतहदेखि ३००० मिटरभन्दा माथिल्लो भागमा पर्दछ र भौगोलिक अवस्था निकै जटिल छ। यस रेलमार्गको निर्माणसँगै विश्वमै रेल निर्माण क्षेत्रको सबैभन्दा जटिल समस्याको समाधान गरिएको छ।

लिन्ची शहरको मिलिन जिल्ला लोपा जातिय बसोबास क्षेत्र हो। हिजोआज विमानस्थल र रेलमार्गले पहाडी क्षेत्रमा बस्ने ३६८२ जना लोपा जातियहरूलाई बाह्य विश्वसँग जोड्न थालिएको छ।

Close
Messenger Pinterest LinkedIn