नेपाली

चौँरीको गोबरबाट धनी

CRI2022-06-01 15:12:56

गोबरको गुइँठो बनाउनु लामो समयदेखि उत्तरी तिब्बतमा बस्नेहरूको दैनिक जीवनको एक भाग बन्दैआएको छ। तर परम्परागत गुइँठोबाट धेरै धुँवा र धूलो आउनुका साथै छोटो समयमात्र बल्ने भएकोले शहर वरिपरि बस्ने तिब्बती पशुपालकहरूले यसको धेरै प्रयोग गर्न छाडेका थिए। तर नाछ्युको माइतीकामा बस्ने पशुपालकहरूमाझ भने गोबरप्रति चासो बढ्दै गएको छ।

चीनमा ग्रामीण पुनरूत्थानको प्रवाहमा माइतीकामा “गोबर अर्थतन्त्र” लोकप्रिय बन्दै गइरहेको छ। सन् २०१७ को मार्चमा गोबर इन्धन उत्पादन सहकारी खडा गरिएको थियो र स्थानीयहरूले सहकारीलाई गोबर बेच्नुका साथै सहकारीको उत्पादनमा पनि भाग लिएर कम्तिमा प्रतिदिन १०० युआन कमाउन थालेका थिए। हाल संशोधित गोबर छडीबाट ऊर्जा बढी दिइने साथै लामो समयसम्म जल्ने नयाँ ढाँचे इन्धन बनेको छ। यो संशोधित गोबर छडीबाट धुँवाधूलो पनि कम हुने भएकोले वातावरणमैत्री बनेको छ। गुइँठोबाट छडी बनाएपछि ढुवानी, संचय तथा व्यापार सुविधाजनक भएको छ। हालसम्म सो सहकारीले गोबर बेचेर ५.६ लाख चिनियाँ युआनको कारोबार गरिसकेको छ जसमा नाफा मात्र २.२ लाख युआन रहेको छ। बजारको माँगलाई पूरा गर्न सो सहकारीले सबै उत्पादित गोबर छडीमा एकीकृत मार्का पनि लगाउँछन्। भविष्यमा गोबर अर्थतन्त्रलाई अझ राम्रो बनाउन सो गाँउका बासिन्दाहरू व्यस्त छन्।

Close
Messenger Pinterest LinkedIn