नेपाली

तेक्वान्दो खेलाडी वु चिङ युको कथा-१

cri2021-10-05 15:33:45

आजको कथा सन् २०१७ को जुलाई २५ तारिखबाट शुरु गर्दैछु। त्यस दिन पैचिङ ग्रीष्म ऋतुको अवधिमा रहेकोले निकै गर्मी थियो। प्रसूति अस्पताल बाहिरका रुखहरूमा रहेका झ्याउँकिरीहरु निरन्तर रुपमा कराइरहेका थिए। वार्डमा रहेका बिरामीहरु यति ठूलो र निरन्तरको झ्याउँझ्याउँले झनै प्रताडीत भएका थिए।

यसै बेला शैय्यामा ठूलो पेट भएकी एक महिलालाई निकै व्यथा लागेको थियो। चश्मा लगाएका उनका श्रीमानले उनको हात समातेका थिए र चिकित्सक सिजेरियन गर्न सुझाव दिँदै थिए। उनीहरूले शल्यक्रिया स्वीकार गरेको एकैछिनपछि उक्त महिलालाई शल्यक्रिया कक्षमा पुर्‍याइएको थियो। उनको शैय्यामा रहेको कार्डमा उनको नाम लेखिएको थियो: वु चिङ यु।

एक घण्टापछि शल्यक्रिया कक्षबाट बच्चा रोएको स्वर आयो। कोठाको ढोका खुल्ने बित्तिकै एक जना नर्सले भनिन्, “वु चिङ युको आफन्त भित्र आउनुहोस्”।

वु चिङ युका श्रीमान नर्सको पछि लागेर कोठामा प्रवेश गरे। झिमझिम गर्दैगरेको बच्चाको आँखा उनले देखे।

“हेर्नुहोस्, उ तपाईँहरुको छोरी हो, उनको तौल ४ केजी छ। छोरी र उनकी आमा स्वस्थ छन्।”

चीनको दक्षिण भागमा रहेको च्याङ सी प्रान्तमा वु चिङ युको जन्म भएको थियो। शान्दार चिनियाँ माटो उत्पादन गर्ने उनको जन्मस्थल चिङ त चन विश्वमा प्रसिद्ध छ। वु चिङ युका श्रीमान अन्तर्राष्ट्रिय ओलम्पिक समिति अन्तर्गत संस्कृति र ओलम्पिक सम्पदा समितिका सदस्य हौ खुन हुन्। सन् २०१४ मा हौ खुनले तेक्वान्दो खेलाडी वु चिङ युसँग विवाह गरेका थिए। वु चिङ यु साधारण खेलाडी होइनन्, उनले सन् २००८ र २०१२ मा आयोजित ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा निरन्तर रुपमा स्वर्ण पदक जितेका थिए।

समय छिटै बित्दै गएको थियो। सन् २०१६ को ग्रीष्म ऋतुमा ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिक खेलकुदको आयोजना भएको थियो। वु चिङ युले तेस्रो पटक महिला तेक्वान्दो प्रतियोगितामा भाग लिएकी थिइन्। दुई पटक ओलम्पिक च्याम्पिएन भएकी वु चिङ युले प्रतियोगिताअघि च्याम्पिएन बन्ने ठूलो आशा गरेकी थिइन्। केही इन्टरनेट प्रयोगकर्ताहरुले हतार रुपमा “तीन पटक च्याम्पिएन” नारा प्रस्तुत गरेका थिए। बाह्य क्षेत्रले उनीमाथि राखेको ठूलो दबावले वु चिङ यु चिन्तित भएकी थिइन्। क्वाटर फाइनल प्रतियोगितामा उनको शीर र सम्पूर्ण शरीर पसिनामय भएको थियो र उनको कपडा पानीले धोएको जस्तै देखिएको थियो।

प्रशिक्षकले यस्तो स्थिति देखेर वु चिङ युलाई एउटा कुनामा लगेर भने, “तिमीले चिन्ता गर्नु आवश्यकता छैन। दुई पटक ओलम्पिक खेलकुदमा भाग लिइसकेकी छौ, किन यस्तो चिन्तित छौ? चिन्ता छोडेर खेल्नु। सुन्यौ?”

वु चिङ युले टाउको निहुराएर लामो सास फेरिन्। तथापि काम लागेको थिएन। उनको शरीरबाट निरन्तर रुपमा पसिना बगेको थियो। प्रशिक्षकले उनलाई खानेपानी दिए, “तिमी यसो भएपछि कमजोर हुने छौ, तुरुन्तै पानी खाऊ।”

वु चिङ युले छिटै पानी खाइन्। प्रशिक्षकले टोलीका चिकित्सकलाई बोलाएर उनलाई मसाज गर्न लगाए।

प्रतियोगिता शुरु भयो। वु चिङ युको अनुहार भरि पसिना थियो। प्रतिस्पर्धामा पनि आफूभन्दा धेरै कान्छी विपक्ष खेलाडीको सामू उनको प्रदर्शन कमजोर थियो। केही समयपछि उनी ठूलो अंकको अन्तरबाट हारेकी थिइन्।

सन् २०१६ को शरद ऋतुको अवधिमा बाहिर काम गरिरहेका हौ खुनले वु चिङ युद्वारा पठाइएको एउटा खबर पाए, “म गर्भवती भएँ”। हौ खुनले छिटै काम सकाएर वु चिङ युकहाँ फर्के र उनीहरुले भावी जीवनको योजना बनाइरहे।

सन् २०१७ को जुलाईमा शुरुको कथामा चर्चा गरिए जस्तै उनीहरुको घरमा छोरीको जन्म भयो। ओलम्पिक च्याम्पिएन वु चिङ यु पनि छोरीलाई हुर्काउन थालेकी थिइन्।

Close
Messenger Pinterest LinkedIn