नेपाली

चीनमा अमेरिकी वैज्ञानिकको सपना साकार

cri2021-10-01 15:41:13

सन् २००५ मा अमेरिकी नागरिक जाकरी स्मिथले पहिलो पटक चीनको भ्रमण गर्नुभएको थियो। त्यस बेला उहाँ २५ वर्षको हुनुहुन्थ्यो।

“त्यस बेला मैले चीनबारे जानकारी लिएको थिएन। किनभने मेरा बुबाआमाको मनमा परेको चीनको छाप गत शताब्दीको ६०औँ र ७०औँ दशकको अवस्थाजस्तै थियो।”

त्यस बेला जाकरी चीनमा करीब तीन हप्तासम्म बस्नुभएको थियो। उहाँका प्रेमीकासँगै उहाँले चीनका धेरै शहरहरूको भ्रमण गर्नुभएको थियो। उहाँ भन्नुहुन्छ “हामीले शाङहाई, सुचौ, हाङचौ, क्वैलीन र प्रेमीकाको जन्मथलोको भ्रमण गरेका थियौँ। प्रेमीकाको जन्मथलो नानथुङ हो। मेरो विचारमा चीन सुन्दर छ तर मैले त्यस बेला चीनबारे धेरै जानकारी लिएको थिइन।”

चार वर्षपछि जाकरीले फेरि चीन आउने मौका पाउनुभएको थियो। शाङहाईस्थित अध्ययन केन्द्रमा उहाँले तीन महिनासम्म काम गर्नुभएको थियो। शाङहाईमा काम गरेको बेलामा उहाँले चीनको वैज्ञानिक अनुसन्धान वातावरणबारे जानकारी लिनुभएको थियो। उहाँ भन्नुहुन्छ “सन् २००९ अघि मैले चीनको अनुसन्धान वातावरण र वैज्ञानिक वातावरणबारे जानकारी लिएको थिइन। अमेरिकामा मेरा धेरै चिनियाँ मित्रहरू छन्। उनीहरू अमेरिका जानुको उद्देश्य त्यस अवधिमा चीनको वैज्ञानिक स्तर त्यति राम्रो नभएकोले नै हो। त्यस बेलामा चीनको वैज्ञानिक वातावरण आजको जस्तो थिएन तर चिनियाँ वैज्ञानिकहरू निकै मेहनती छन्। चीनको विज्ञान तीव्र रुपमा विकास भएको छ। त्यसैले मैले चीनको विज्ञानप्रति चासो लिन थालेँ।”

सन् २०१५ मा जाकरी चिनियाँ विज्ञान तथा प्रविधि विश्वविद्यालयअन्तर्गत सटीक उपकरण तथा सटीक मेशनरी विभागका एकजना शिक्षक बन्नुभएको थियो। उहाँको विचारमा कामका लागि चीन आउनु “आवश्यक छनौट” हो।

चिनियाँ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा काम गरेको छ वर्षमा विश्वविद्यालयले जाकरीलाई राम्रो वातावरण उपलब्ध गराएको छ। उहाँ भन्नुहुन्छ “विद्यालयले तिम्रो वैज्ञानिक अनुसन्धानलाई महत्व दिन्छ। तिम्रो वैज्ञानिक अनुसन्धानमा प्रगति हासिल भएमा विद्यालयले तिमीलाई समर्थन दिने छ। विद्यालयले तिमीलाई समस्याको समाधान गर्न सहयोग गर्ने छ।”

फुर्सदमा जाकरीलाई साइकल चढ्न मन पर्छ। उहाँको आँखामा उहाँ बस्ने हफै शहर अझै सुन्दर बनेको छ। उहाँ भन्नुहुन्छ “म आएको बेलामा हफै सुन्दर आजजस्तो थिएन। जस्तै भनौँ‌ त्यस बेलामा हावापानी राम्रो थिएन। पार्क धेरै थिएन। हाल वातावरण राम्रो छ। हरिया वनस्पति धेरै छन्।”

कामबाहेक, जाकरी केही वैज्ञानिक हितकल्याण कार्यक्रममा पनि सहभागी हुनुभएको छ। केही दिनअघि उहाँ ता प्य शान पहाडी क्षेत्रको एक विद्यालय जानुभएको थियो। उहाँले स्थानीय विद्यार्थीहरूलाई वैज्ञानिक ज्ञान सिकाउनुभयो।

चीन आएपछिका वर्षहरूमा जाकरीले चीनको गरिबी निवारण र सम्पनताबारे गहिरो रुपमा जानकारी पनि लिनुभएको छ। उहाँ भन्नुहुन्छ

“मेरो विचारमा सम्पन्न जीवन भनेको स्वस्थ समाज हो, जस्तै भनौँ हरेक मानिसको चाहनालाई पूरा गर्नसकिन्छ। हरेक मानिसको आधारभूत आवश्यकता पूरा हुन्छ। यो मेरो विचार हो।”

Close
Messenger Pinterest LinkedIn