नेपाली

तिब्बतमा लोकप्रिय नयाँ पर्यटकीय सेवा

cri2021-08-16 14:57:19

केही समयअघि हान जातीय युवती ल्याउ ल्याङले ल्हासामा तिब्बती पोशाक लगाएर फोटो खिचिन् र उक्त फोटोहरूलाई सामाजिक सञ्जालमा राखिन्। यसपछि उनको त्यो पोस्टले १.२ लाख लाइक पायो भने यसको पहुँच ७७ लाख पुगेको देखियो।

ल्याउले छानेको फोटो स्टुडियो पोताला दरबार नजिकै रहेको २९ वर्षअघि स्थापित ट्राभल फोटो स्टुडियो थियो। व्यवस्थापक मन स्वानले भने, ‘दश वर्षअघिसम्म ल्हासामा ट्राभल फोटो स्टुडियोहरू त्यति थिएनन् तर आज साना ठूला गरी स्टुडियोको संख्या सयौं पुगिसकेका छन्। तीमध्ये जोखाङ मन्दिर र भाकोर सडक वरिपरिका ट्राभल फोटो स्टुडियोको संख्या १०० भन्दा बढी पुगेको छ।’

८ लाख जनसंख्या भएको ल्हासामा यति धेरै ट्राभल फोटो स्टुडियो संचालनमा आउनुको मुख्य कारण विश्वका विभिन्न क्षेत्रका पर्यटकहरू हुन्। तिब्बत स्वायत्त प्रदेशीय पर्यटन विकास व्यूरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालू वर्षको जनवरीदेखि जुन महिनासम्म तिब्बत भ्रमण गरेका चिनियाँ तथा विदेशी पर्यटकको संख्या १ करोड ७५ लाख ८० हजार पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ११०.९ प्रतिशतले वृद्धि भएको छ। तिब्बतमा भेटिने नयाँ पर्यटकीय सेवा ट्राभल फोटो स्टुडियोको द्रुत विकासबाट तिब्बतको पर्यटकीय बजारको माग र आपूर्ति राम्रो अवस्थामा रहेको प्रतिविम्वित हुन्छ। चीनका केही शहरहरूमा कोभिड महामारी अवस्था देखा परेको सन्दर्भमा र विदेश भ्रमणमा पनि अवरोध रहेको पृष्ठभूमिमा तिब्बत नै चिनियाँहरू भ्रमण गर्ने लोकप्रिय ठाँउ बनेको छ।

साथै एक महिनाअघि तिब्बतमा ल्हासा-लिनची रेलमार्ग संचालन भएपछि तिब्बतको पर्यटनमा तीव्र रूपमा आवतजावत बढ्ने र अझ धेरै ठाँउमा घुम्न पाउने नयाँ चरणमा पुगेको छ। यस्तो नयाँ परिवर्तनबाट तिब्बतको ट्राभल फोटो स्टुडियोको लागि अझ बढी मौका प्रदान गरिने विश्वास छ।

Close
Messenger Pinterest LinkedIn