नेपाली

नेपालका नव निर्वाचित प्रधानमन्त्री देउवाद्वारा शपथग्रहण

cri2021-07-14 10:26:58

जुलाई १३ तारिख नेपालका नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथग्रहण गर्दै पाँचौँ पटक नेपालको प्रधानमन्त्री बन्नुभएको छ।

देउवाले १३ तारिख राती ८ बजेतिर राष्ट्रपति भवनमा शपथग्रहण गर्नुभएको हो। ७५ वर्षीय देउवा हाल नेपाली कांग्रेसका सभापति पनि हुनुहुन्छ। नेपालको संविधानका अनुसार, उहाँले शपथग्रहणपछिका ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत जित्नुपर्छ। यदि विश्वासको मत जित्न सकिएन भने संविधान बमोजिम प्रतिनिधि सभा विघटन गरिने छ र ६ महिनापछि निर्वाचनको आयोजना गरिने छ।

१३ तारिख राती नै देउवा सरकारका अन्य ४ नयाँ मन्त्रीले पनि शपथग्रहण गरेका छन्। ती नव नियुक्त चार मन्त्रीहरू क्रमशः कानुन, विधायक र संसद मामिला मन्त्री, गृह मन्त्री, उर्जा, जल स्रोत र सिंचाई मन्त्री तथा वित्त मन्त्रीको पदमा नियुक्त भएका छन्।

Close
Messenger Pinterest LinkedIn