नेपाली

पठारभूमिका जीवनरक्षक चिकित्सक—वु थ्यानयी

cri2021-06-30 15:23:01

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा“जुलाई १ पदक”वितरण समारोह जुन २९ तारिख पैचिङस्थित जन बृहत् सभा भवनमा भव्यताका साथ आयोजित भएको छ। यसप्रकारको पदक वितरण गरिएको पहिलो पटक हो। विभिन्न क्षेत्रका जम्मा २९जना उत्कृष्ट व्यक्तिहरूले उक्त पटक पाएका छन्।

कजाख जातीय वु थ्यानयी सिन्च्याङ युगुर स्वायत्त प्रदेश यी ली क्षेत्रमा जन्मिनुभएको हो। सन् १९८२ मेदेखि उहाँ चिनियाँ कम्युनिष्ट पार्टीमा सहभागी हुनुभयो। पचास वर्षभन्दा लामो समयमा उहाँले पठारभूमि सम्बन्धी चिकित्सा अनुसन्धान गरेर रोगको रोकथाम तथा उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड प्रस्तुत गर्नुका साथै "तिब्बती अनुकूलन फिजियोलजी"को अनुसन्धान सुरू गरी दशौं हजार तिब्बती सर्वसाधारणको उपचार गर्नुभएको छ। छिङहाई-तिब्बत रेलवेको निर्माणका क्रममा उहाँको नेतृत्वमा पठारभूमि रोग रोकथाम र आपत्कालीन उपचारसम्बन्धी अनेकन कदम प्रस्तुत भयो। जसबाट रेलवेका निर्माण कामदारहरूमध्ये पठारभूमिमा रोगका कारणले कसैले पनि ज्यान गुमाउनुपरेन। उहाँ जीवनको रक्षक मानिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn