नेपाली

‘जुलाई १ पदक’प्राप्तकर्ता

cri2021-06-30 15:33:50

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले ‘जुलाई १ पदक’ वितरण समारोहको आयोजना गरी २९ जना पार्टी सदस्यलाई पदक वितरण गरेको छ। थिङ बाथल उनीहरूमध्येका एक हुनुहुन्छ।

मङ्गोलियाली जातिका थिङ बाथल चीनको भित्री मङ्गोलियाको हुहहाउथ सहरमा जन्मनु भएको हो। उहाँले सन् १९७६ को नोभेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो। उहाँले‘पशुपालकका लागि सुखमय जीवन बिताउने’विचार लिएर पशुपालन क्षेत्रमा ५०वर्षदेखि काम गर्दै पर्यावरणको संरक्षण, आर्थिक विकास, पशुपालकको आमदानी वृद्धि गर्ने तरिकाको सिर्जना गरी स्थानीय पशुपालकको जीवनमा सुधार ल्याउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn