नेपाली

मरूभूमिमा हरिया पर्खाल निर्माण गर्ने श क्वाङयीन

cri2021-06-30 15:10:02

जुलाई १ पदक वितरण समारोह जुन २९ तारिख बिहान दश बजे जन बृहत् सभाभवनमा भव्यताका साथ आयोजना भएको छ। सो समारोहमा २९ जनालाई पदक वितरण गरिएको छ। श क्वाङयीन तीमध्येका एक हुनुहुन्छ।

पल्लो शानसीमा जन्मिनुभएका श क्वाङयीन सन् १९७३को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो। उहाँ बालुवा प्रतिरोध तथा वृक्षारोपन क्षेत्रमा ४० वर्षदेखि कार्यरत् हुनुहुन्छ। उहाँले माउवुसु मरूभूमिमा हरिया पर्खालको निर्माण गर्नुभएको छ। साथै उहाँले बालुवा संचालन तथा धनी बन्ने ‘कम्पनी+किसान+अखडा’ भन्ने नयाँ मोडलको सिर्जना गर्दै मरूभूमिका स्थानीयहरूलाई गरिबीबाट मुक्त हुन सहयोग पनि गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn