नेपाली

जुन १७ तारिख विहान शनचौ १२ मानववाहक अन्तरिक्ष यान प्रक्षेपण हुँदै

cri2021-06-16 11:34:18

जुन १६ तारिख च्यूछ्वान उपग्रह प्रक्षेपण केन्द्रमा शनचौ १२ मानववाहक अन्तरिक्ष यात्रासम्बन्धी पत्रकार सम्मेलनको आयोजना भएको छ।

चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयका निर्देशकका सहायक ची छिमिङले दिनुभएको जानकारी अनुसार, जुन १७ तारिख विहान ९ बजेर २२ मिनेटमा शनचौ १२ मानववाहक अन्तरिक्ष यानको प्रक्षेपण हुनेछ। शनचौ १२ मानववाहक अन्तरिक्ष यात्री ने हाइशङ, लिउ पोयाङ र थाङ हुङपोलगायत तीन जना हुनुहुन्छ । चाइ चकाङ, वाङ याफिङ र ये क्वाङफू तयारी अन्तरिक्ष यात्री समलग्न हुनुहुन्छ।

तीनजना यात्रीहरूमध्ये ने हाइशङले शनचौ ६ र १० मानववाहक अन्तरिक्ष यात्रा र लिउ पोमिङ शनचौ ७ मानववाहक अन्तरिक्ष यात्रामा भाग लिनुभएको छ। याङ हुङपो पहिलोपटक अन्तरिक्ष यात्रा गर्दै हुनुहुन्छ।

Close
Messenger Pinterest LinkedIn