नेपाली

भूकम्पबाट क्षतिग्रस्त छिङहाई प्रान्तीय स्कूलहरूमा पुनः पढाइ शुरू

cri2021-05-25 11:02:08

मै २४ तारिख चीनको छिङहाइ प्रान्तीय कोलो तिब्बती प्रिफेक्चरमातहतको मातो जिल्लामा ७.४ रेक्टर स्केलको भूकम्प गएको तेस्रो दिन हो। सोही दिन सम्पूर्ण मातो जिल्लामा भूकम्पबाट क्षतिग्रस्त ५ वटा माध्यमिक स्कूल तथा प्राथमिक स्कूलका १९०६ जना विद्यार्थीहरू सबैको पढाइ समुद्र सतहदेखि ४२३० मिटरमाथि स्थापित अस्थायी आबास क्षेत्रका १८४ वटा पालरूपी कक्षा कोठाहरूमा पुनःशुरू भएको छ।

सन् २००८ मा चीनको सछ्वान प्रान्तमा गएको ८ रेक्टर स्केलको विनाशकारी भूकम्पपछि यो नै सबैभन्दा ठूलो भूकम्प हो जसबाट २ वटा राजमार्ग पुलहरू भत्किएको छ साथै केही राष्ट्रिय राजमार्गहरू पनि गम्भीर रूपमा ध्वस्त भएका छन्। उक्त जिल्लामा भूकम्पबाट सबैभन्दा ठूलो क्षति पारिएको मातो जिल्ला जातीय माध्यमिक बोर्डिङ स्कूल हो। मातो जिल्ला जन अस्पतालले सोही माध्यमिक स्कूलको खेलमैदानमा अस्थायी अस्पताल खडा गरेर निःशुल्क रूपमा औषधि र उपचार गरिरहेको छ।

प्राप्त जानकारी अनुसार, भूकम्पबाट प्रभावित अर्को स्कूल मातो जिल्लाको ह्वाङह तिब्बती भाषा बोर्डिङ स्कूलका हरेक १० विद्यार्थीहरूलाई एउटा पाल बन्दोबस्त गरिएको छ। साथै उनीहरूले बाक्लो सिरक तथा डसना पाएका छन्। पालमा न्यानो पार्नका लागि मकलको व्यवस्था गरिएको छ। चौबिस घण्टै विद्यार्थीहरूको हेरचाहका लागि शिक्षक शिक्षिकाहरूलाई पालैपालो काम गर्ने बन्दोबस्त मिलाइएको छ। साथसाथै उनीहरूको खानेबस्ने बन्दोबस्त मिलाइसकेको छ।

Close
Messenger Pinterest LinkedIn