नेपाली

फूल पछ्याउँदै मौरीपालकको मीठो जीवन

cri2021-04-16 10:49:22

वसन्त ऋतुकालमा फूलहरू फुल्ने भए तापनि थरिथरिका फूलहरू फुल्ने मौसम भने केही तलमाथि हुने गर्दछ। यस अनुरूप मौरीपालक फूललाई पछ्याउँदै हिँड्नु पर्ने हुन्छ। ३१ वर्षीय मेमेट तथा उनकी श्रीमती ताहिरजान मौरीपालक हुन्। मौरीपालन नै उक्त परिवारको मुख्य आम्दानीको स्रोत हो। तर महको उत्पादन कम हुनुका साथै विक्री तरिका पनि थोरै भएकोले आम्दानी थोरै थियो।

तर, सन् २०१९ गरिबी निवारण नीतिको समर्थनमा ताहिरजानले आफ्ना दाजुसँग मौरीपालन सहकार्य संस्थाको स्थापना गरेर मौरीपालक परिवारलाई एकिकृत गरी तालिम दिएकी थिइन्। दुई वर्षभन्दा कम समयमा, सहकार्य संस्थामा शुरूको ५,६ परिवारबाट अहिले ५० परिवारमा विस्तार भएको छ। उक्त संस्थामा गरिब परिवारका १७ सदस्यका साथै ५६ जनाले रोजगारी पाएका छन्।

गत वर्ष कोभिड-१९ महामारी भए तापनि चीनमा डिजिटल वाणिज्य तथा डेलिभरी प्रणालीको प्रत्याभूतिमा मौरीपालक सहकार्य संस्थामाथि कम प्रभाव परेको थियो। महको विक्रीमार्फत गत वर्ष मेमेट परिवारले लगभग १ लाख ७० हजार चिनियाँ युआनको आम्दानी गरेको थियो।

Close
Messenger Pinterest LinkedIn